दैलेखमा बजाजको नयाँ शोरुम

दैलेखमा बजाजको नयाँ शोरुम

दैलेख, वैशाख – नयाँ वर्षको अवसर पारेर दैलेख सदरमुकामस्थित गणेशचौकमा बजाज मोटरसाइकलको शोरुमको उद्घाटन गरिएको छ । कैलाली अटो सर्भिसका सञ्चालक अशोक रानाले बजाजको शोरुम सञ्चालनमा ल्याएका हुन् ।

दैलेखको गणेशचोकमा बजाज मोटरसाइकलको शोरुम उद्घाटन गर्दै प्रजिअ लुकबहादुर क्षेत्री
दैलेखको गणेशचोकमा बजाज मोटरसाइकलको शोरुम उद्घाटन गर्दै प्रजिअ लुकबहादुर क्षेत्री

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले रिबन काटेर शोरुम उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरीक्षक विरबहादुर ओली, गैसस महासंघका अध्यक्ष महारुप खत्री, सहायक वन अधिकृत धर्मराज उपाध्याय लगायतको उपस्थिति थियो । तीन वर्षदेखि ग्यारेज सञ्चालन गर्दै आएका रानाले अव ग्राहकलाई डिलरकै दरमा बजाज मोटरसाइकल खरिद उपलब्ध गराउने बताए । दैलेखमा बजाजको यो पहिलो शोरुम हो । करिब २० लाख लागतमा शोरुम सञ्चालनमा आएको सञ्चालक रानाले जानकारी दिए ।

प्रतिक्रिया