भिषण आगलागी अझैपनि अनियन्त्रित

भिषण आगलागी अझैपनि अनियन्त्रित

ज्वाला सन्देश सम्वाददाता
प्रतिकुल मौसमका कारण यो वर्ष नेपाल अधिराज्यभर आगलागिका घटना विगतका वर्षको तुलनामा अत्याधिक वढेको छ । “हरियो वन नेपालको धन” भन्ने मुल नारा यो वर्षको प्रतिकुल मौसमको कारण “सुकेको वन डढेलो झन” वनाएको छ । विचार नपुर्याइ जथाभावि आगोको प्रयोगले गर्दा आगलागिका घटना वढ्ने गरेका छन् ।
धेरै जिल्लामा आगलागिका घटना सुन्न र देख्न पाईराखेको वेला आगलागिले दैलेख जिल्लालाई पनि सताई राखेको छ । यस्तै गरी हिजो राति सिहाँसैन गा.वि.स.अन्र्तरगत भानेठुलानेरा सामुदायिक वनमा पनी भिषण आगलागि भएको छ । उक्त वन क्षेत्रको सम्पुर्ण भुभाग आगलागिले वन क्षेत्र भित्रका विरुवा जडिवुटी जलेर नष्ट भएको छन् । स्थानिय गाउलेको सहयोगमा आगो निभाउन गाँउले जुटेपनि सुक्का मौसम र हावा चलेका कारण आगो नियन्त्रण भन्दा वाहिर गएको छ । उक्त वन क्षेत्र भित्र वाट ल्याईएको वाज्यवारा खानेपानी योजनाको ४५० मिटर पाईपलाईन जलेर नस्ट भएको छ । त्यस्तैगरी स्वस्तिक रोजिनको १०० वटा टिना जलेर नस्ट भएको स्थानिय लालु प्रसाद आर्चायले जानकारी दिनु भएको छ । उक्त भिषण आगलागिले गर्दा आसपासका बनक्षेत्रलाई पनि नोक्सानी पुयाएको र आगो नियन्त्रणमा सक्रिय रुपमा गाँउले लागिरहेको आर्चायले जानकारी दिएका छन् ।

प्रतिक्रिया