भद्रगोलमा नेपाली झण्डा

भद्रगोलमा नेपाली झण्डा

महेन्द्र सापकोटा
दैलेख २४ वैशाख–नेपालको झण्डा भन्दा पार्टीहरुका झण्डाको वढि चर्चा भइरहेकै सन्र्दभमा निकै लोकप्रिय बनेको टेलिश्रृंखला भद्रगोलमा अभिनय गर्ने हरी निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ले नेपाली झण्डाको छुट्टै पहिचान भएको शन्देश दिएका छन् । Bhadragolकाँडाचौरमा जारी महोत्सवमा दर्शकहरुलाई आफ्नो हास्य प्रश्तुतीवाट शन्देश दिदै पछिल्लो समयमा युवाहरु पार्टीका झण्डा वोकेर देशको विकास नभएको भन्दै युवाहरु नेपाली झण्डामुनी रहेर देशको विकास हुने शन्देश दिएका हुन् । शुरुमा दर्शकहरुलाई आफ्नो हास्य व्याङग्य प्रश्तुतीवाट हसाएका उनीहरुले यूवा लक्षित गर्दै नेपाली झण्डा देखाएर पार्टी भण्डा वोक्न भन्दा पनि देश विकासमा लाग्न उनिहरुको शन्देश थियो ।
‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ महोत्सवमा हास्य–व्याङग्यवाट केहि समय सहभागि दर्शकहरुलाई हसाएका उनीहरुले आम युवाहरुले पार्टीका झण्डालाई आफ्नो नबनाई नेपाली झण्डालाई आफ्नो भन्नुपर्ने शन्देश दिएका थिए । छोटो समयमा नै निकै लोकप्रिय बनेको टेलिश्रृंखला भद्रगोलमा अभिनय गर्ने कलाकारहरु प्रत्यक्ष देख्दा दर्शकहरुमा हौसला छाएको थियो ।
स्लो मोसन थेगो नाम चर्चित हरी को डेडलक कपाल र ए आम्मा हो भन्दै बिस्तारै बोल्दै आउने चर्चा बटुलेका सागरले महोत्सवमा केहि समय निकै मनोरञ्जन दिएका थिए । साना मानिस देखि युवाहरुले अहिले बोल्दा भद्रगोलकै थेगो प्रयोग गर्दछन् । मेरी आम्मै नि, खत्तम भो बर्बादै भो, डाम्ना, सक्कि गोनि, ए हो ठिकै छ, सहि कुरो बोरो, तनावै तनाव छ गोजिमा दुई रुपैया छैन लगायतका थेगोहरु यतिखेर हिट छन् ।
साथै महोत्सवलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा ख्याति कमाएका आधुनिक लोक दोहोरी गायक राजु परियारले दर्शकका मन छुने गीत गाएर मनोरञ्जन दिएका थिए । गाएक प्रकाश कटुवालले चोरी खान पल्केको यो ढाढे विरालो, सावित्री अधिकारी, मनु मन्दिर, भद्र वली लगाएतले आफ्ना प्रश्तुतीहरु दर्शकहरु माझ राखेका थिए ।

प्रतिक्रिया