‘घरेलु हिंसा’ फैसला ः घर पसाई दिनू

‘घरेलु हिंसा’ फैसला ः घर पसाई दिनू

दैलेख, जेठ १३ – दैलेख जिल्ला अदालतले घरेलु हिंसाको मुद्दामा पीडित महिलालाई इज्जत आमदका साथ बस्न खान दिनू भनी आदेश गरेको छ । दैलेखको अवलपराजुल गाविस वडा नंं. ७ का ३६ वर्षीय बमबहादुर बिकले उनकी श्रीमति ३६ वर्षकै बिन्दाकुमारी बिकलाई बस्न खान दिनू भनी आज सो फैसला भएको हो ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट भएको फैसलामा भनिएको छ ‘अहिले माइतीमा बसिरहेकी बिन्दाकुमारीलाई पक्ष विपक्षका साक्षीहरु समेत लिई पीडकलाई घर पसाउने र अदालतलाई मासिक प्रतिवेदन ल्याउनु पर्नेछ ।’
घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा २ को उपदफा (क) देखि (ङ) सम्मको अधिकार प्रयोग गरी जिल्ला न्यायाधीश पण्डितबाट जेठ २३ गते पीडक बमबहादुर बिकलाई अदालतमै झिकाई सम्झाई बुझाई गर्ने र फैसला कार्यान्वयन गर्ने आदेशमा उल्लेख भएको श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले बताउनुभयो ।
पीडित बिन्दाकुमारीले पति बमबहादुर चैत ३० गते कुटपीट गर्नुको साथै मट्टितेल खन्याई शरीरमा आगो लगाउन खोज्दा भागेर ज्यान बचाएको भन्दै बैशाख ७ गते दैलेख अदालतमा उजूरी गर्नुभएको थियो । त्यस यति अहिलेसम्म आफू माइतीमै बस्दै आएको बिन्दाकुमारीको भनाई छ ।

प्रतिक्रिया