सेवा प्रदायक र सेवा ग्राही विच जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७३     ::: 382 पटक पढिएको   |  

कालिकोट, सेवाग्राही र सेवा प्रदायक बीच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम कालिकोट जिल्लाको सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
RBLIP (4) RBLIP (3) RBLIP (2) RBLIP (1)कालिकोट जिल्लाको पलाता क्षेत्रको खिन र धौलागोह गाविसमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरेका क्रियाकलापको जानकारी दिने र सरकारी कार्यालयबाट प्रदा गरिने सेवाको स्थानीय समुदायलाई जानकारी दिने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा सरोकारवाला निकायले आ आफ्नो कार्यालबाट  प्रदान गरिने सेवा सुविधाको बारेमा प्रस्तुतीकरण गरेका थिए । जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानी अधिकृत भक्ति शर्मा, महिला तथा बाल बालिका कार्यालयका महिला विकास अधिकृत सिता थापा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला पशु सेवा कार्यालयका प्रमुखले आ आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख, गैससका प्रमुख तथा प्रतिनिधी, पत्रकार, जोडी समूह, सोसेक नेपाल दैलेखका केन्द्रीय कार्य समितिका संस्थापक अध्यक्ष हीरासिंह थापा, भूतपूर्व अध्यक्ष सीता राना, संस्थाका कोषाध्यक्ष सुधा कोइराला र केन्द्रीय कार्यसमिति सदस्य पवित्रा वादीको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्पूर्ण राजनैतिक दलका तर्फबाट नेपाल काँग्रेस जिल्ला कार्यसमिति सदस्इ दमनकुमार शाहीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै शाहीले कालिकोटको पलाता क्षेत्रमा कृषि लगायत विभिन्न सवालको बारेमा सोसेक नेपाल दैलेखले देखाएको अग्रसरताको प्रशंसा गरेका थिए भने कार्यक्रममा सरकारी कार्यालयहरुले पनि निःशुल्क दिने सेवा सुुविधाको बारेमा जानकारी दिई त्यस क्षेत्रका समुदायका विपन्न वर्गलाई पहूँच वृद्धिमा जोड दिनु पर्ने र सहभागीको जिज्ञासाको बारेमा संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले स्पष्ट पारेको थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खिन र धौलागोहमा अधिकारमूखि जीविकोपार्जन सुधार परियोजना अन्तरगत हालसम्म गरेका क्रियाकलाप र उपलब्धीको बारेमा जिल्ला कार्यक्रम संयोजक मानबहादुर थापाले उक्त कार्यक्रममा सरोकारवाला सबैलाई जानकारी गराएका थिए । उक्त कार्यक्रम सोसेक कालिकोट शाखाका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन जनक नेपालीले गरेका थिए ।



Leave a comment

Your email address will not be published.


*