काम नसकिदै, भत्कियो मध्यपहाडको नाली

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७३     ::: 911 पटक पढिएको   |  

 गोविन्द केसी
दैलेख – मध्यपहाड लोकमार्ग अन्र्तगत छामघाट पुलदेखी रावतकोटसम्मको सडकमा बनाईएको नाली र नालीमाथिको पर्खाल भत्किएको छ । डिजाईन स्टेमेन्ट नै गलत हुँदा बनाईएका नालीहरु भत्किएको ठेकेदारले दावी गरेका छन् । पानीको भार थाप्न नसकेर नाली क्षतविक्षत रुपमा भत्किदा नाली मााथि लगाईएको वाल समेत ठाँउठाँउमा भत्किएको हो । MPHW news (2) MPHW news (1)ती नालीमा पिसिसि आईटम नभएका कारण भत्किएको निर्माण कम्पनीले बताएको छ । वर्षातमा नाली भएर पानी बग्न थालेपछि पिसिसि नगर्दा विछ्याईएको ढुंगा समेत बगेको छ । कमजोर निर्माण सामाग्रीले धेरै ठाँउमा नाली र वाल भत्किएको स्थानीयले आरोप लगाएका छन् । दिवारोशन जेवी कन्ट्रक्सन अन्र्तगत श्याम एण्ड शंकर कन्ट्रक्सनले उक्त सडकको नाली निर्माण गरेको हो । पिसिसि नगरि मेशनरी जोडेका कारण भत्किएको हो । “नाली बनाउँदा पिसिसिको आईटम नै नहुँदा तलको भाग कमजोर हुँदा भत्किएको हो ।” ठेकेदारका प्रतिनिधि कलम शाहीले भने, पानीले वाल भत्काएको छ । आयोजनाबाट कामको आईटम घटाएर फेरी पिसिसि नै गर्न ईन्जिनियरले भनेका छन् । मर्मत छिटै हुन्छ । “उक्त कन्ट्रक्सनले मध्यपहाड लोकमार्गको ग्रावेल, नाली र वाल लगाउने काम गरिरहेको छ । ६ करोड ४९ लाख रुपैँयामा ठेक्का लिएको कन्ट्रक्सनले २०७२ कात्तिकसम्म काम सक्नुपर्नेछ । ” नालीमा पिसिसिको आईटम नभएकाले मेशनरी जोडेको थियो । “मध्यपहाडी लोकमार्ग आयोजनाका ईन्जिनियर शेखर योगीले भने, पानीको बहाव निकै धेरै आएकाले भत्किएको हो । ठेकेदारलाई मर्मत गर्न भनेका छौ । छिटै मर्मत हुन्छ ।” उनका अनुसार यसअघि पनि पानीले भत्किएर मर्मत गरेको फेरी नाली बगाएको हो ।
तस्विर ः गोविन्द केसी



Leave a comment

Your email address will not be published.


*