जात जोगाउने जन्मदर्ता !

जात जोगाउने जन्मदर्ता !

अमरबहादुर सुनार
बडाभैरब गाविस वडा नं. ४ माइती भएकी उमेरले अहिले ४८ वर्षकी भइन्, जन्म मितिका हिसावले २०२५ असार १३ गते । उनको १४ वर्षकी हुँदा लाँकुरीमा आफ्नै जातिको केटासंग २०३९ सालमा विवाह भयो । बालककालमा सासुको चित्त बुझ्ने गरी काम गर्न नसकेपछि माइतीमै बस्न थालिन् । लामो समय माइतीमा बस्दै गरेकी ती चेली माथि नरबहादुर थापाले पाप चिताए, एक्लै बनमा घास काट्न गएको बेला आफूले अभिभावक सम्झेका बडाभैरब–५ का नरबहादुर थापाबाट बलात्कृत हुनुभयो, दुभाग्य त्यही एक पटकको जवरजस्ती शारीरिक सम्पर्कमै गर्भ रहन गयो । Sita BK and son Janma darta
माइती बसेकी सीताले अव सम्हाल्न भनिन्, नरबहादुरले घरमा नाति नातिनी भइसकेको व्यक्ति त्यही पनि पानी नचल्ने दलितकी महिलासंग त्यसो गरेछ भन्लान् ‘तँ लाई विवाह गर्नुभन्दा भीरबाट हाम फालेर मर्छु’ भने बरु दुबै जना भीरबाट हामफालौं भनेपछि सीताले नरबहादुर थापाबाट आफूलाई असुरक्षित महसुश गरिन् । त्यो २०५७ सालतिरको कुरा हो । त्यसबेला सीता करिब ३१–३२ वर्षकी थिइन्, नरबहादुर चाहिं ४०–४२ वर्षका ।
नरबहादुरले त्यही बीचमा एउटा जुक्ति लगाए सीतालाई दलित दुलाह खोज्ने । बडाभैरब गाउँमा त्यतिबेला ५५ वर्षका गंगबहादुर बिकले विवाह गरेर पनि निःसन्तान भएकाले गर्भ समेत जिम्मा लिन सक्छन्, उनलाई सन्तानको आवश्यकता छँदैछ । यो सोचेर कुरा चलाए, ‘धन देखे महादेवका तीन नेत्र’ गंगबहादुर बिकलाई पनि लोभ जाग्यो ।
गंगबहादुरले सीतालाई लिए तर अर्काको गर्भको बच्चा पाएपछि गाउँ समाजमा गिल्ली हुन थाल्यो । यसपछि उनलाई खिन्नता पैदा भयो । उनले यो मेरो छोरा होइन नरबहादुर थापाबाटै अंश लिनुपर्छ भन्न थाले । सीता गंगबहादुरसंगै बस्तै गर्दा अरु ३ वटा छोरी जन्मे उनले छोरीहरुको जन्मदर्तामा बुबा आफैलाई जनाएर बनाई दिए, गोपालको जन्मदर्ता बनाई दिएनन् ।
नरबहादुर थापाको गर्भबाट जन्मेको भनिएको बालक गोपाल अहिले १४ वर्षको भए, शारीरिक विकास र मानसिक विकास पनि अलि ढिला भएकै कारण पढ्न पनि ढिला गए । गोपालले जनता प्रावि खगेनाबाट अहिले ५ पास गरेर बडाभैरब उच्च माविमा ६ कक्षामा नाम लेखाउन जाँदा विद्यालयले जन्मदर्ता माग्यो । गंगबहादुर मेरा छोरीको बनाउँछु तर गोपाल मेरो छोरा होइन, अंश पनि नरबहादुर थापाबाट खाओस् भनेर अड्डी कसे । सीताले गाविसमा धेरै धाइन् न नरबहादुर तर्फबाट बनाउन सकिन न त गंगबहादुरलाई गोपालको बुबा भनेर जन्मदर्ता पाइन ।
सीतालाई गर्भ बोकाएका भनिएका नरबहादुर थापाबाट गोपालको जन्मदर्ता बनाउनै पर्ने परिस्थिति आउन सक्छ भनेर गाविसका कर्मचारीले अहिले गंगबहादुर बिकलाई बाबु जनाएर जन्मदर्ता गराई सकेका छन् । यस्तो बठ्याईं बडाभैरब गाविस कार्यालयका सहायक मानबहादुर थापाको अग्रसरतामा भएको बुझिएको छ ।

कसरी बन्यो जन्मदर्ता ?
विद्यालयले जन्मदर्ता नभई भर्ना नगर्ने, गंगबहादुर मेरो छोरा होइन भन्ने, अनि केही अधिकारकर्मी अग्रसर भएको अवस्थामा अव जन्मदर्ता नरबहादुर थापाबाटै पो बनाउनै पर्ने बाध्यता पो आइलाग्ला भन्ने बुझेका गाविस सहायक मानबहादुर थाापाले गंगबहादुर बिकलाई बुबा जनाएर जन्मदर्ता बनाए । उनले यो जन्मदताए बनाउँदा गाविस सचिव निर्मला केसीलाई छक्याए । त्यो कसरी भने जेठ १३ गते गाविस स्तरको योजना हेर्न अनुगमन टोली गाउँ पुगेको थियो । मानबहादुरले गाविस सचिवलाई छल्ने यही उपयुक्त अवसरा ठाने, सफल प्रयोग पनि गरे ।
गाविस सचिव केसीलाई आज सेवाग्राही धेरै आउँदैछन्, दस्तखत गरेर छोडी दिनुस् भनेर अरु केही कागज र जन्मदर्ता खाली फर्मेटमा समेत दस्तखत गराए । यति भए ‘बाँदर लिस्नो ।’
यो वीचमा भएका विभिन्न कसरत अनुसार गंगबहादुर बिकलाई बोलाई जन्मदर्ता गराइएको भनिन्छ, जेठ १३ गते जन्मदर्ता गंगबहादुर बिकलाई बाबु जनाएर मानबहादुरले बनाई छाडे । यो काम गरे वापत उनले नरबहादुर स्यावासी पाए । तर मानबहादुरले यो काम गरेको चाल पाएपछि दलित अधिकारकर्मीले प्रष्ट्याउन मात्र के भनेका थिए, मानबहादुर आफ्नो मान जोगाउन कञ्चनपुर पुगे । उनी कञ्चनपुर पुगेकै बेला झुक्काएर विवादित जन्मदर्ता बनाएको भनी गाविस सचिव केसीले टेलिफोनबाटै स्पष्टीकरण माग्दा मानबहादुरले यस्तो भनेछन् ‘ढाई लाख खर्च भएको छ बनाउनै पथ्र्यो ।’
मानबहादुरले ढाई लाख खर्च भएको कसरी थाहा पाए ? उनले कति पाए ? यो विषयमा अग्रसता जनाउँदा सीता बिकले अव नरबहादुर थापाबाट भन्दा मानबहादुरबाट बढी पीडित भएको महसुश गरेकी छन् ।
जन्मदर्ता गोपालका लागि चाहिएको हो, उनी अहिले आमासंग मावलीमा छन् । जन्मदर्ता बनाएर राखेका भनिएका गंगबहादुर बिकले दिन मान्दैनन् । ‘पैंसा दिन्छु भनेर पो गराएको हुँ, स्कूलमा पेश गरे त मैंले अंश दिनुपर्छ घाँटी काटे दिन्न’ गंंगबहादुर भन्छन् । गंंगबहादुरले दिएनन्, गाविस कार्यालयबाट प्रतिलिपी दिनूस् भनी माग्दा समेत गाविसले दिन मानेको छैन । मानबहादुर थापाको भनाई छ ‘गंंगबहादुरले लिएको छ, उसैबाट लैजाऊ हामी दिन्नौं ।’
मानबहादुरले आफ्नो ‘मान’ धरापमै राखेर नरबहादुर थापाको जात जोगाउने जन्मदर्ताले बनाई छाडे !

यो लेख लेखकको व्यक्तिगत अध्ययन गरेको आधारमा हो

प्रतिक्रिया