कृषकहरु खुसी ।।

कृषकहरु खुसी ।।

दैलेख, लामो समयको खडेरी पछि निरन्तर पानी पर्न थाले पछि दैलेखकाका किसानहरु खुसी भएका हुन । लामो समय देखि पानी नपरेपछि हिउँदे बाली राम्रो सँग भित्राउन नपाएका किसानहरु निरन्तरको पानीले बर्षेबाली राम्रो सँग सप्रिने भएकाले खुसी भएका हुन् । pani parepaachhiसमान्यतया जेठको अन्तिम साता देखी साझ पख छिटफुट रुपमा पानी परे पनि असार १ गते देखि निरन्तर पानी परेपछि किसानले लगाएको मकै तथा तरकारी बाली सप्रिने भन्दै खुसी भएको दैलेखका कृषकहरु बताउँछन् । कृषकले यस अघि लगाएको कोदो, मकै, आलु, सिमि लगाएतका बालिहरु पानी परेपछि सप्रिने र केहि ठाउँमा धान समेत रोपि सकिएकाले भरखरै रोपिएका धानका लागी पनि सिँचाइको सहजता हुने जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यति बेला कृषकले लगाएको मकै पनि राम्रो सँग हुर्कि रहेको र दोहोरो गोडि रहेका छन् । लगातार पानी परेपछि दैलेखका डाँडाकाडाहरुमा हरियालि छाउँदै गएको छ । खडेरीले सुक्दै गएको बन जंगल पानि पर्दा हरीयालि हुनुका साथै घाँस पलाउदै गएको छ ।

प्रतिक्रिया