नाली व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्दै सडक

नाली व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्दै सडक

 ज्वाला सन्देश समाचारदाता
दैलेख १० असार–ग्रामिण भेगका सडक यतिवेला वर्षात संगै नालीको व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्न थालेका छन् । यो अवस्था विगतमा खनेको सडक भन्दा नयाँ खनेको सडकहरुमा वढी देखिएकोछ । जिल्लाका अधिकांश स्थानमा निर्माण गरिएका सडकहरु नाली व्यवस्थापन नहुँदा वर्षातको भेलले खोलेर यातायातका साधन आवत जावतमा समस्या हुदै आएको छ । DSC03460वर्षेनी लाखौं रकम छुट्याएर सडक निर्माण गरेपनि नाली नखन्दा सडकमा सुधार नआएको अनुगम टोलीले आरोप समेत लागाएको छ । सडक निर्माण संगै नाली व्यवस्थापन गरेर काम अगाडि बढाए योजना दिगो र सडकमा सुधार आउने नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले बताए । ‘वर्षेनी जती सडक निमार्ण गरेपनि नाली व्यवस्थापन नभएसम्म सडमा सुधार आउँदैन’ अध्यक्ष शर्माले भने, ‘विकासका नाममा जनताका आँखामा छारो हाल्ने प्रविधिले कहिलै पनि विकास हुँदैन ।’ विकास निमार्णका योजनामा २० प्रतिशत जनश्रमदानले योजनाहरु झनै प्रभावित भएको अध्यक्ष शर्माको भनाई छ । ‘२० प्रतिशत जनश्रमदान भनिसकेपछि त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन जरुरी छ’ शर्माले भने, ‘पछिल्लो समय योजनाहरुमा जनताले जनश्रमदान गर्न छोडिसके, यसले गर्दा पनि विकास निर्माणमा योजनाहरु प्रभावित हुँदै आएको छ ।’ सडक योजनाहरु दिगो नबनाएर काम अगाडि वढाउने प्रवृतिले पनि सडकमा सुधार नआएको राष्ट्रिय प्रजातन्त पार्टी दैलेखका उपाध्यक्ष रामबहादुर थापाले बताए । ‘सडक योजनाहरु विचमै सुधार नगरी एक्कसी अगाडि बढाउँदा केहि सडकहरु प्रयोग विहीन नै भएका छन्’ उपाध्यक्ष थापाले भने, ‘सडक मर्मतका लागि लाखौं रकम छुट्याइएपनि यो रकम प्रयाप्त नभएको कारण आलटालमै रकम सक्काउने काम हुदै आएको छ ।’ अनुगमनका क्रममा जिल्ला विकास समिति दैलेखका सव–इन्जिनियर हीरासिंह थापाले स्टीमेट अनुसार योजना सम्पनन नगर्ने उपभोक्ताहरलाई रकम भुक्तानी गर्न नसकिने बताए । इलाका नं. २ र ३ का सडक, सिचाई, खानेपानी, टतबन्ध, हाइड्रोपावर र विद्यालय लगाएत योजनाहरुको लागि जिल्ला विकास समिति दैलेखका सव–इन्जिनियर हीरासिंह थापा, नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्मा, राष्ट्रिय प्रजातन्त पार्टी दैलेखका उपाध्यक्ष रामबहादुर थापा, प्रेस चौतारी नेपाल दैलेख शाखाका अध्यक्ष पुस्कर थापा र कारोवार राष्ट्रिय आर्थिक दैनिक दैलेख समाचारदाता तथा हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक महेन्द्र सापकोटा लगाएतको टोली अनुगमनमा गएका थिए ।

प्रतिक्रिया