ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक

ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक

काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्र(ईसिडि)का सहयोगी कार्यकर्तालाई अब शिक्षकमा रुपान्तरण गरिने भएको छ । शिक्षा विभागले उनीहरुलाई प्रारम्भिक बाल शिक्षकका रुपमा रुपान्तरण गर्ने भएको हो । शिक्षकमा रुपान्तरण गरिएसँगै उनीहरुको सुविधा समेत बढाइने विभागले जनाएको छ ।

ECDशिक्षा विभागका महानिर्देशक खगराज बरालले संसदबाट पारित शिक्षा विधेयकमा ईसिडिलाई विद्यालय संरचनामा ल्याइएकाले ईसिडिका सहयोगी कार्यकर्तालाई शिक्षकमा रुपान्तरण गरिने जानकारी दिए । उनीहरुको सेवा, सर्त,सुविधा र अधिकार सुनिश्चित हुने बरालले बताए । ‘आगामी वर्षदेखि उनीहरुको सुविधा वृद्धि गर्छौँ’–बरालले भने ।

महानिर्देशक बरारले ईसिडि पहिले कार्यक्रमको रुपमा अगाडी बढाइएको भएपनि अब विद्यालय संरचनामा आउने बताए । संविधान र ऐनले ईसिडिको अधिकार प्रत्यायोजन गरेकाले आफुहरुले त्यसको सम्पुर्ण दायित्व लिने समेत उनको भनाई थियो ।

अनावश्यक ईसिडि खारेज
बच्चा नभएका र ईसिडिको निकासा खान खोलिएका अनावश्यक ईसिडि खारेज गरिने बरालले जानकारी दिए । अब हरेक विद्यालयमा एउटामात्र ईसिडि हुनेछ । एउटा विद्यालयमा सातवटा सम्म ईसिडि सञ्चालन भएको सुनिन आएकाले विभागले रिम्यापिङ गरेर त्यस्ता अनावश्यक ईसिडिहरुलाई खारेज गरिने उनको भनाई थियो । सुरुमा गैरसरकारी संस्थाहरुले खोलेर सरकारलाई हस्तारन्तरण गर्दा ईसिडिको संख्या बढेको उनको जिकीर थियो ।

साभार ः एजुकेसन पाटी

प्रतिक्रिया