बाख्राले आर्थिकस्तर उस्कायो

बाख्राले आर्थिकस्तर उस्कायो

गोविन्द केसी
चामुण्डा (दैलेख), – चामुण्डा गाविस –९ की एकल महिला भुवानी नेपाली केही वर्षअघिसम्म घरमा खाने अन्न समेत नहुँदा बच्चाबच्ची हुर्काउनै समस्या पर्दथ्यो । आम्दानी गर्न उनले धेरै सोच्छिन् तर, पैसा नहुँदा केही गर्न सक्दैनथिन् । आम्दानी भदा पनि खर्च मात्रै हुँदा उनी दिक्क समेत हुन्र्थिन् । उनी एक दिन गाँउकै समुहमा बसिन् । त्यहाँ उनलाई आयआर्जनका ऋण लिईन् अनि २ बाख्रा र १ बोका ऋण लिएर पालिन् । उनले त्यही बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले गाँउकै नमुना बाखा्र पालनको रुपमा उदाएकी छिन् । bhawani2उनीसंग अहिले १६ वटा बाख्रा छन् । उनले घर खर्च र छोराछोरीको पढाईका लागि खसी बेचेर धन्ने गर्छिन् । निकै मेहेनती स्वभावकी भुवानी आफ्ना बाख्रा स्याहारसुधार गर्दा निकै खुसी हुन्छिन् । “मैले यति धेरै बाख्रा पालुला भन्ने सोचेकै थिईन् ।” भुवानीले भनिन् ः “ठुलो मन गरेर लिएको ऋणले मेरो जिवन नै फेरिदियो ।” उनलाई दिदिबहिनीहरुले बाख्रा पाल्न सुझाव दिएका थिए । तर, ऋण लिएर तिर्न नसक्ने डरले आफु पछि हट्ने गरेको भवानी सम्झन्छिन् ।
२ बाख्रा १ बोकाबाट बाख्रा पालन सुरु गरेकी भवानी अहिले लाखौको मालिक भएकी छिन् । उनीसंग भएको बाख्रा बेचेपनि दुई बढी हुन्छ । गाँउकै मुल्यमा विक्रि गर्दा पनि दुई लाखका बाखा्र होलान् । भुवानी भन्छिन् ः ब्यवसायले परेको बेला जस्तोसुकै समस्या पनि टार्न सक्ने भएकी छु । उनी दलित परिवारको एकल र गाउँकै गरिव महिला हुन् । पति मरेपछि विचल्लीमा परेकी थिईन् । ७ जना परिवारलाई उनले छिमेकीको खेतबारीमा मजदुरीबाटै पाल्र्थिन् । श्रीमानको मृत्युपछि दुख पाएकी उनले बाख्रा पालनमा हेरचार राम्रो गरिन् र अहिले सफल ब्यवसाय गरेकी हुन् । उनले १ पाठा विक्रि गरेर उनले यो वर्ष आफ्नो जीवन विमा पनि गरेकी छन् । “गाँउमा विमा गरे फाईदा हुन्छ भनेपछि विमा पनि गरेको छु ।” उनले भनिन् ः “खान नपुग्ने मेरो परिवार अहिले आम्दानी हुन थालेपछि विमा पनि गरे । वर्षमा एक पटक दिनुपर्ने भएकाले पैसा तिर्न गाह्रो भएन् ।” पति मरेर छोराछोरीको विचल्ली भएको महसुस गरेर आफुले वीमा गरेको उनी बताउँछिन् । २ वटा खसी बेचेर ५ रोपनी खेतलाई अधियामा १० हजार हालेर लिएको उनले बताईन् । उनी भन्छिन् ः “उपापले समुह बनाएर आयआर्जन गर्न पैसा लगानी गरेपछि म जस्ता गरिवहरुलाई ब्यवसाय गर्न सहज भयो ।”
चामुण्डाका लक्षित वर्गहरुमा आर्यआजनका क्रियाकलापमा उपापले सहयोग गरेपछि किसानहरुले आम्दानी गर्न थालेका छन् छन् । यहाँ पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप) बाट बाख्रा वितरण गरिएपछि लक्षित वर्गले आर्यआजन गर्न थालेका हुन् । आयोजनाले चामुण्डा सहित जिल्लाका २० गाविसमा आर्यआजन तथा पूर्वाधारका निर्माणमा काम गरेको छ । ती गाविसहरुमा ३ वर्षे सामुदायिक लगानी योजना निर्माण गरि उनीहरुको मागमा आधारित आयआर्जन र सिपमुलकका गतिविधिमा आयोजनाले आर्थिक र क्षमता विकासमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया