शिक्षा कार्यालयले दुख दियो भन्दै ध्यानकर्षण

शिक्षा कार्यालयले दुख दियो भन्दै ध्यानकर्षण

रत्न शाही
दैलेख, शिक्षा र शिक्षकका समस्या समाधानमा जिल्ला शिक्षा कार्यालय, दैलेखले दुख दिएका भन्दै नेपाल शिक्षक संघ दैलेखले जिल्ला शिक्षा अधिकारी समक्ष ध्यानाकर्षपत्र बुझाएको छ । शिक्षा र शिक्षक सँग सम्वन्धीत तमाम समस्याहरु समाधान तर्फ नगइ उल्टै शिक्षक हरुलाई दुख दिने काम भए पछि शिक्षक संघले निमित जिल्ला शिक्षा महेश केसर खनाललाइ ध्यानाकर्षण पत्र पेश गरेको हो । समस्याका गाठा फुकाउ भनेर सात बुँदाका माग पेश गरेका छौ, माग पुरा गर्न पहल नभए कार्यालयमा नै ताला लाउँछौ नेपाल शिक्षक संघ, दैलेखका अध्यक्ष पुर्ण वहादुर मल्लले बताए । शिक्षक संघले पेश गरेको सात बुँदा यस्ता छन् । नेरा मावि कालीमाटीका प्रअ छनौटको समय सिमा तोक्ने छनौट प्रकृया नथाल्ने, मालिका मावि वासीको प्रअ व्यवस्थापनका लागि क्षे.शि.नि. बाट आएको पत्र माथि कारवाही नभएको, प्रेमदेवी मावि धामीगाउँको विव्यस गठनको विषयलाइ अभिभावकले दिएको निवेदनमा कारवाही नगरी उल्टै अदालत जान धम्की दिएको, जनता मावि बस्तेकोटको प्रावि तह शिक्षक पदपुर्तिका लागि लिइने परिक्षा पटक पटक तोक्ने र जिशिअले स्थगित गर्ने, मालिका मावि तोलीजैसीको ठिमुरे ४ मा कार्यरत एघार जना शिक्षक कर्मचारीहरुको विस हजार देखि पचास हजार सम्म प्रअ महेन्द्र शाहीले विनाकारण त.भ. कट्टा गर्दा पनि जिशिका मुकदर्सक भएको, २०७२ को शिक्षक सेवा आयोग वाट विस्थापीत भई जिशिका दैलेखले स्थापित गरेर काजमा राखिएका शिक्षकहरुको पारिश्रमिक हाल सम्म भुक्तानी नभएको, जिशिकावाट वितरण गरिएका भौतिक निर्माणका योजनाहरु पुराना भत्काउने र नयाँ निर्माण नभएरै रकम भुक्तानी दिदिने काम लगाएतका बुँदा धध्यानाकर्षपत्रमा उल्लेख छन् । पेश भएका मागमा वेवास्ता गरे शिक्षक संघले अर्को चरणको कठोर कार्यक्रम गर्ने शिक्षक संघ दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया