किसान भ्रमण सम्पन्न

किसान भ्रमण सम्पन्न

नारायण नगरपालिका क्षेत्रमा भएका वेमौसमी तरकारी खेतीमा आवद्ध रहेका करलेआवत कृषक समुह,स्वर्ग भुमी दलहन वालि समुह आमा वचत सहकारी ज्वालामुखी वचत तथा क्रृण सहकारी संस्था अर्गाििनक मसला वाली समुह,डुग्रीस्थान कृषक समुहका किसानहरु लाई जिल्लाकै उच्च मूल्य कृषि वस्तु विकास आयोजना को सहयोगमा संञ्चालन भएको पिलाडीमा रहेका हिमशिखर सहकारी,लक्ष्मी कृषक समुह र सरस्वती कृषक समुहमा १ दिने भ्रमण सम्पन्न भएको छ। News Kisan (2)News Kisan (1) नारायण क्षेत्रमा रहेका समुह तथा सहकारीका किसान सदस्यहरुले सामुहिक वजारीकरणको प्रयास गर्दा पनि दिगो सम्वन्ध विकास गर्न नसकेका कारण नगर क्षेत्रका किसानहरुलाई सामुहिक वजारीकरणमा सहयोग पुयाउने उद्धेश्यका साथ पिलाडीका विभिन्न समुह तथा सहकारी र संकलन केन्द्रमा भ्रमण गरीएको थियो । पिलाडी क्षेत्रमा गरीएको तरकारी खेतीको अवलोकन,सहकारीका किसानहरु विच ब्यावसायिक खेती सम्वन्धी छलफल, उत्पादन लाई कसरी वढि मुल्यमा वजारमा पुयाउन सकिन्छ र कसरी ब्यापारी विच दिगो सम्वन्ध स्थापित गर्न सकिन्छ भन्ने विषयमा दोहोरो अन्र्तरक्रिया गरीएको थियो । सहकारीले कसरी वजारीकरण सम्भव वनाएको छ र निरन्तर सञ्चालन हुन सकिरहेको छ भन्ने वारेमा नगर क्षेत्रका किसनहरुलाई सामुहिक वजारीकरण वारे जानकारी एवम सामाजिक वजारी करणको फाईदा र जागरुक वनाउनका लागि कृषक भ्रमण आयोजना गरिएको जिल्ला कार्यक्रम संयोजक पुस्कर शर्माले वताउनु भयो । जिल्लामा सामाजिक सेवा केन्द्र (सोसेक) को सहजिकरणमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना संञ्चालित रहेको छ ।

प्रतिक्रिया