९१ प्रतिशत रकम खर्च ः पन्थी

९१ प्रतिशत रकम खर्च ः पन्थी

दैलेख, असार २५ – जिविस÷नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमले यस वर्ष दैलेखमा ९१.७ प्रतिशत रकम खर्च भएको जनाएको छ । रिर्पोटर्स क्लव दैलेखमा आयोजित कार्यक्रममा कार्यक्रमका जिल्ला संयोजक तिर्थराज पन्थीले वार्षिक कार्यक्रमबारे सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ९१.७ प्रतिशत खर्च भएको जानकारी दिएका हुन् ।NCCSP
क्लवसंगको साझेदारीमा कार्यक्रमबाट भएगरेका क्रियाकलापको सार्वजनिककरण तथा समिक्षामा संयोजक पन्थीले दुई आर्थिक वर्षमा गरिएका कार्यक्रमका बारेमा कार्यपत्र नै प्रस्तुत गरेका थिए । गत आवमा २ करोड, ८६ लाख ८१ हजार खर्च गरियो भने यो वर्ष ४ करोड, २ लाख ४८ हजार ७ सय ३३ रुपैँया खर्च भएको जानकारी गराईयो । कार्यक्रमले कृषि, पशु तथा खाद्य सुरक्षा, वन ब्यवस्थापन तथा जैविक विविधता, वैकल्पीक उर्जा, जलवायू जन्य प्रकोप र भौतिक संरचना, मानविय श्रोत, क्षमता तथा जिविको पार्जन, मानव स्वास्थ्य र लापा अनुगमन तथा मुल्याकंन गर्ने जिल्ला कार्यक्रम संयोजक पन्थीले बताए ।
मौसकमा सधैभन्दा फरक पन आएमा त्यसलाई नै जलवायू परिवर्तन भनिने भएकाले त्यसबाट बच्नका लागि कार्यक्रमले विभिन्न कार्यक्रम गर्ने गर्दछ । कार्यक्रममा राजनितिक दल, नागरिक समाज, पत्रकारहरुले जलवायू परिवर्तनका विविध पक्षहरुबारे प्रश्न तथा छलफल गरेका थिए । ८० प्रतिशत बजेट समुदायस्तरमै जाने, स्थानीय अनुकुल कार्ययोजना तयार पारी कार्यान्वय गर्ने, प्रत्येक योजनाको जनलेखा परिक्षण गर्ने, सार्वजनिक सुनुवाई गर्ने र गुणस्तर योजना बनाउने प्राविधिक खटाउने लगायतका कार्यहरु गरिने कार्यक्रममा सार्वजनिक गरियो । स्थानीयहरु जलवायू परिवर्तन भईरहदा आफु अनुकुलका उपायहरु पहिचान गरी जिविकोपार्जन तथा जिवनयापन गर्न सक्ने भएको कार्यक्रममा बताईयो । कार्यक्रममा एनसिसिएसपीका क्षेत्रिय संयोजक भुपेन्द्रबहादुर शाहीले कार्यक्रमले तय गरेको लक्ष्य हासिल भएको बताए । उनले स्थानीयहरुबाटै अनुकुलका योजनाहरु तयार पारी कार्यान्वयन हुने र बजेट पनि समुदायमै जाने भएकाले कार्यक्रम प्रभावकारी भएको संयोजक शाहीले जानकारी दिए । कार्यक्रम जिल्लाका ८ गाविसमा सञ्चालित छ । नेपाली काँग्रेसका धनश्याम भण्डारी, एमाले सचिव जंगबहादुर शाही, नेकपा माओवादीका दिर्घबहादर शाही, राप्रपाका सुरतजंग शाही लगायत पत्रकारहरुले जलवायू परिवर्तनबारे जिज्ञासा तथा प्रश्नहरु राखे थिए । प्रश्न र जिज्ञासाको उत्तर कार्यक्रम संयोजक शाहीले दिएका थिए ।

प्रतिक्रिया