खुल्ला दिशा मुक्त अभियान कर्ता गाविस कार्यलयको शौचालय

खुल्ला दिशा मुक्त अभियान कर्ता गाविस कार्यलयको शौचालय

दुर्गा वि.सी
सल्यानको मुलखोला गाविस खुल्ला दिशा मुक्त घोषण भए पनि गाविसको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । सँगै रहेका आधा दर्जन सरकारी कार्यलयका कर्मचारी शौचालय लाग्दा वाहिर जाने गरेका छन् । मुलखोला गाविस खुल्ला दिशा मुक्त गाविस घोषण भएको ७ महिना विति सकेको छ । तर नजिकै सेवा केन्द्सँग सटेका २ वटा शौचालय प्रयोग विहिन अवस्थामा छन् । Salyan salyan 1पानीको समस्याले गर्दा शौचालय प्रयोगमा ल्याउन नसकिएको मुलखोला गाविस सलेपा डिल्ली वि.कले वताए । शौचालाय भए पनि पानी नहुदाँ समस्या भएको वताएको छ । सेवा केन्द्रसँग नजिकै सटेको शौचालयमा पातपतिंङ्गर र ढुङ्गा हालेर शौचालयको कोठा भरि भराउ भएको छ । सरकारी कार्यलयको अवस्था यस्तो दर्दनाक छ भने दुर दराजका विकट गाउ वस्तीमा झनै खानेपानीको चरम अभावले स्थानीयहरु शौचालय प्रयोग नगरेको भेटिन्छ । खुल्ला दिशा मुक्त गाविस घोषण भए पनि वडा ९,८,७,६,२ र १ लगाएतका वडाहरुमा कतिको घरमा शौचालय वनाएको छैन भने शौचालय भएका घरहरु पानीको अभावले प्रयोग गर्न नमानेको भेटिन्छ ।

पानीको अभावले धु्रव तारा प्रावि च्युरा, भगवति निमावि खैरागाड, लाँखर, काफलपानी, डोप्के, जय नेपाल निमावि गर्चे, जनता प्रावि मैनेनी, बाललिला प्रावि देउली लगाएतका दर्जन वढि विद्यालयका शिक्षक विद्यार्थी खुल्ला ठाउमा शौच गर्ने गरेका छन् । खुल्ला दिशा मुक्त अभियानमा प्रभावकारी भुमिका खेलेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाको कार्यक्रम सकिए पछि पुर्ण सरसफाईको कामले निरन्तरता नपाउने देखिन्छ । मुलखोला गाविस जस्तै पश्चिम सल्यानका सवै गाविस खुल्ला दिशा मुक्त गाविस घोषण भए पनि धेरै ठाउमा शौचालय नवनेको र वनेका जति पानीको कारण देखाउदै प्रयोगमा नआएको भेटिन्छ ।

प्रतिक्रिया