काभ्रेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ नाघ्यो, घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काभ्रेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ नाघ्यो, घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको थियो।

‘अहिलेसम्म ३१ वटा शव निकालियो, सेनाको हेलिकप्टरले घाइतेको उद्धार गरी काठमाडौं लगेको छ,’ घटनास्थलबाट लालकाजी पहरीले सेतोपाटीसँग भने, ‘अझै उद्धारको काम भइरहेको छ।’

उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

घटनास्थल बिर्ता देउराली गाविस वडा नम्बर ९ मा पर्छ। उनका अनुसार स्थानीय र कात्तिके देउरालीबाट गएको प्रहरी टोली उद्धारमा जुटेको छ।

पहरीका अनुसार बस नानपुरे खोलामा खसेको थियो। घाइतेलाई खोलाबाट उद्धार जारी छ। ३६ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइसकेको पहरीले बताए। ‘बाँकीलाई एम्बुलेन्सबाट नजिकको अस्पताल पठाइयो,’ उनले भने। बसमा कम्तिमा १०० जना हुनसक्ने प्रहरीको अनुमान छ।

सेटाेपाटीवाट लीएकाे हाे ।

प्रतिक्रिया