टाकटुके जात्रा सम्पन्न ।।

टाकटुके जात्रा सम्पन्न ।।

भिम सिजापति
दैलेख २ भाद्र – एक महिना लामो बर्षे मेला अन्र्तगत आज दैलेख सदरमुकाममा टाकटुके जात्रा निकालिएको छ । खासगरी नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायएले पनि मनाउने भएपछि यो जात्रा दैलेखमा सबैको साझा जस्तै बनेको छ । जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाईन्छ । taktukeप्राय नेपाली भेष भूषामा सजिएका यूवाहरुले यसको नेतृत्व गर्ने गर्दछन् भने बालबालिकाहरुले पनि यसलाई साथ दिदै जात्रामा थप उर्जा दिने गर्दछन् । विगतमा सदरमुकाममा मात्र मनाईने यो जात्रा अहिले माथिल्लो डुंगेश्वर, चुप्रा, दुल्लु, नौमुले लगाएतका ठाउँमा समेत मनाउने गरिन्छ । आज दैलेख सदरमुकाममा निकालिएको मेलामा सदरमुकाम आसपासका क्षेत्रका सर्बसाधारणले अवलोकन गरेका थिए ।

भगवती क्लब, न्यू ज्वाला क्लब, एभरेष्ट क्लवले यस वर्षको गाठेमंगल जात्रा निकालेका थिए । परम्परालाई लोप हुन नदिन जात्रालाई थप आकर्षक बनाउदै लैजाने न्यू ज्वाला क्लबका अध्यक्ष विसाल सुनारले जानकारी दिनु भयो । नेवार समुदायको मेला भए पनि दैलेखमा भने यस मेलाले सबैको साझाँ मेलाका रुपमा पहिचान बनाएको अध्यक्ष सुनारले बताउनु भयो । गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिन देखि शुरु हुने यो मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, बाग जात्रा र कृष्ण जन्माञ्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारे पछि यो जात्रा सकिन्छ । टाकटुके जात्रा खास गरीकन रक्षा बन्धनका दिन निकालिन्छ । साथै आज विभिन्न प्रजातिका टुसाएका अन्नको क्वाटी खाने चलन पनि रहि आएको छ ।

प्रतिक्रिया