पूर्वराजा बस्ने दरवारको विद्युत लाइन काटियो

पूर्वराजा बस्ने दरवारको विद्युत लाइन काटियो

१७ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ ।
विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।

प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ । यो रकम संस्कृति मन्त्रालयले तिर्नु पर्ने हो ।

यसअघि प्राधिकरणले पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको पनि लाइन काटेको थियो । तर, २४ घन्टा नवित्दै लाइन जोडिएको थियो ।

प्रतिक्रिया