रुटपरमिटमा कडाई हुदाँ गाडि चल्न सकेनन्

रुटपरमिटमा कडाई हुदाँ गाडि चल्न सकेनन्

दुर्गा वि.सी
सल्यानको सल्लीवजार देखि रुकुम चौरजहारीसम्म सञ्चालन हुने यातायातका साधानले अस्थायी रुट परमिट नलिदा समस्या भएको छ । विगतमा रुट पर मिटि लागु नहुदाँ निर्बाध रुपमा सञ्चालन भएका यातायातका साधन अस्थायी रुटपरमिट नलिदाँ समस्यामा परेका छन् । रुटपरमिटको नियम नहुदाँ नेपालगञ्ज देखि सिधा चौरजहारी हुईकिने भेरी राप्ती वस व्यवसायी समिति,रुकुम प्राली,चौरजहारी यातायात,बागेश्वरी,मध्यपश्चिम,सार्वजनिक यातायात लगाएतका आधा दर्जन समितीका गाडिहरु सञ्चालनमा रहेका थिए । ठाउँ ठाउँमा प्रहरीले कडा चेकजाँज गर्न सुरु गरे पछि ति यातायातका साधनलाई कठिन परेको छ । भेरी राप्ती वस व्यवसाय समितिको भेरी र राप्ती अञ्चल गरि २ ठाउबाट रुटपरमिट लिनु पर्ने भएकोले झनै समस्यामा परेको व्यवसायीहरुले वताउने गरेका छन् । रुटपरमिट कडाई भए पछि छिटफुट मात्रमा मात्रै उक्त सडक खण्डमा गाडि सञ्चालन भएका छन् । सल्लीवजारमा रहेको ट्राफिक पोष्टले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा अस्थायी रुटपरमिट लिनु पर्ने हो तर अधिकास गाडिहरु अस्थायी रुटपरमिट नलिएको फेला परे पछि उक्त गाडिहरु सल्लीवजारबाटै फिर्ता गरिएको वताएको छ । जस्ले गर्दा उक्त सडक खण्डमा छिटफुट रुपमा गाडि सञ्चालन भएको जनाएको छ । रुटपरमिटमा कडाई भए पछि उक्त सडक खण्डमा सञ्चालन हुने गाडिहरु निक्कै कम चलेका छन् ।

प्रतिक्रिया