पैरवी तालिम सम्पन्न

पैरवी तालिम सम्पन्न

दैलेख, भदौ २२ । गाउँस्तरमा हुने बालअधिकार हनन् र उलंघनका घटना न्यूनिकरण गर्न शिक्षा, बालअधिकार संरक्षण र वाल अधिकार शासन सम्बन्धि दुई दिने पैरवी तालिम बुधबार दैलेखमा सम्पन्न भएको छ ।

सेभ द चिल्डे्रन र सामाजीक सेवा केन्द्र(सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाका कर्मचारी र सोसेकका कार्यसमिति सदस्यलाई तालिम दिएको हो । परियोजना सञ्चालनमा रहेको १० गाबिसमा बालअधिकार संरक्षण, वालअधिकार शासन र शिक्षा सम्बन्धि पैरवी गर्न क्षमता विकास गर्न तालिमको आयोजना गरिएको सामाजीक सेवा केन्द्र (सोसेक) नेपालले जनाएको छ । तालिममा सामाजिक सेवाकेन्द्रका पदाधिकारी तथा परियोजनाका कर्मचारी सहभागी थिए ।

तालिममा सहयात्रा परियोजनाको कार्य क्षेत्रका गाविसमा अपांगता भएका बालबालिकाको शिक्षा, वालअधिकार संरक्षण कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । तालिममा कार्यतालिकासमेत निर्माण गरिएको जनाइएको छ । तालिमको सहजीकरण सेभ द चिल्डे्नका रिना बुढाथोकीले गरेकी थिइन् ।

प्रतिक्रिया