मेगासीटीको निर्माण तिब्र

मेगासीटीको निर्माण तिब्र

अर्जुन शाही
दैलेख, भदौ २९ । दैलेखको राकमकर्णाली मेगासीटीको निर्माण तिब्रगतिमा अगाढी बढेको छ । चालु आर्थिक वर्ष २०७३÷७४ यो मेगासीटीका लागि ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको नयाँ सहरी विकास आयोजना राकमकर्णालीका आयोजना प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।


चालु आर्थिक वर्षमा कुमलखाडा सिगौडी सडक निर्माणका लागि १ करोड, राकमकर्णली ईलाका प्रसासनदेखि वाम्ती वगरसम्म सडक विस्तारका लागि १ करोड, सार्वजनिक जग्गा संरक्षणका लागि ५ लाख, तरकारी फलफुल संकलन केन्द्र निर्माणका लागि १ करोड, सडक स्तरउन्नतीका लागि १ करोड र पार्क निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको आयोजनाले जनाएको छ । सार्वजनिक क्षेत्र घेरवारका लगायत कामका लागि पनि बजेट विनियोजित गरीएको आयोजना प्रमुख साहले वताए ।rakam



कर्णाली नदीको किनारामा रहेको सुन्दर फाँटमा शहर निर्माण तिब्र गतिमा अगाढी बढेपछि यस क्षेत्रका वासिन्दा उत्साहित भएका छन् । सरकारको मध्ये पहाडी राजमार्गमा १० वटा मेगासीटी बनाउने योजनाअनुसार राकमकर्णालीमा मेगासीटी बनाउन लागिएको हो । दैलेख जिल्लाकै रमणीय क्षेत्र मध्येको एक राकमकर्णाली मेगासीटीमा विकास हुन लागेको हो । मेगासीटी निर्माणमा स्थानीय खुसी भए पनि केही समस्या पनि रहेको आयोजनाले बताएको छ । खासगरी व्यक्तिगत जग्गाले समस्या भएको आयोजना प्रमुख साहले बताए । उनले पुर्वाधार निर्माणका लागि जग्गा धनीहरुसंग छलफल जारीरहेको जानकारी दिए । व्यवस्थित सहर निमार्णका लागि एकिकृत जग्गा विकासको कार्यक्रम पनि अगाडि वढाउन लागिएको उनले बताए ।




नेपाल सरकारले निर्माण गर्न लागेको १० वटा शहरमध्ये मध्यपश्चिम विकास क्षेत्रमा २ वटा सहर पर्दछन् । रुकुमको चौरजहारी र दैलेखको राकमकर्णालीमा आयोजना लागु भएको छ । ठुला सहर वजारमा अत्यधिक जनघनत्व वृद्धि भईरहेकाले ग्रामिण भेगमा रहेका समुदायलाई सम्पुर्ण सरकारी सेवा सुविधा पुयाउने र कम्तीमा १ लाख जनसंख्या वसाल्ने योजनाका साथ मेघा सिटी निमार्ण गर्न लागेको हो ।

प्रतिक्रिया