राष्ट्रसेवक वहुउद्देस्यय सहकारी संस्थाको कारोवार २ करोड

राष्ट्रसेवक वहुउद्देस्यय सहकारी संस्थाको कारोवार २ करोड

एच.एस.थापा
दैलेख असोज ८ गते –राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखले यस वर्ष २ करोडको कारोवार गरेको छ । २०६४ सालमा स्थापना भएको उक्त सहकारीले यस वर्ष २ करोड ३८ लाख ५ हजार ९ सय ३४ रुपैयाँको कारोवार गरेको हो ।
Sahakari Rastasebak१२ हजार ५ सय रुपैयाँवाट सुरु गरिएको यस संस्थाको कारोवार पछिल्लो समय निकै वढेको छ । सहकारीको शनिवार सम्पन्न नवौं साधारणमा संस्थाले हालसम्म गरेका क्रियाकलापहरु प्रस्तुत गरिएको थियो ।


‘एकता सहभागिता, नियमितता, मितव्ययितता र पारर्दशिता राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था दैलेखको प्रतिवद्धता’ भन्ने मुल नारा वोकेर स्थापना गरिएको सहकारीले हाल चार क्षेत्रमा ऋण लगानी गरेको छ । सहकारी संस्थाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख ८८ हजार ८ सय ७३ लगानी गरिएकोमा चालु आर्थिक वर्षमा १ करोड ८६ लाख ५५ हजार २ सय ६१ रुपैया लगानी गरेको हो । साथै संस्थाले यस आर्थिक वर्षमा १ करोड २२ लाख ५८ हजार २ सय १० रुपैया असुली गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । २७ जना शेयर सदस्यवाट सुरु गरिएको सहकारीको हाल ३९६ जना शेयर सदस्य रहेका छन् । संस्थाले आफ्ना शेयर सदस्यहरुको आर्थिक समस्या निराकरण गर्दै आर्थिक र सांस्कृतिक रुपान्तण तर्फ अगाडि बढाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष खमबहादुर थापाले बताए ।

राष्टसेवक वहुउध्देशीय सहकारी संस्था लि दैलेखकाे नवाै साधारण सभा तथा चाैथाे अधिवेशनले अागामी ३ वर्षकाे लागि खम वहादुर थापाकाे अध्यक्षातामा नयाँ कार्य समिति चयन गरेकाे छ । साे समितीमा उपाध्यक्षः शान्ति विष्ट, काेषाध्यक्षः र्इन्द्र बहादुर थापा, सचिव ः प्रेम प्रसाद काेर्इराला, सदस्य क्रमस ः पदम बहादुर जि.सी, पार्वति वाेगटि, एलिजा कुमारी खत्री, शंकर बहादुर थापा, माेहन प्रसाद पाैडेल रहेका छन् भने लेखा समिति संयाेजकः अम्मर बहादुर कार्की सदस्यमा क्रमस ः हदयराम न्याैपाने, नवराज उपाध्यया त्यसैगरी जिल्ला सहकारी संघ प्रतिनिधिः तेज बहादुर थापा तथा राष्टिय सहकारी वैक प्रतिनिधि ः भिम बहादुर विष्ट रहेकाे अध्यक्ष खम वहादुर थापाल वताउनु भयाे ।

प्रतिक्रिया