गर्भवती महिलाको मृत्यू

गर्भवती महिलाको मृत्यू

अमर सुनार

दैलेख, असोज १३ – दैलेखको लाँकुरी गाविस–९ गैरीगाउँकी एक गर्भवती महिलाको आज विहान मृत्यू भएको छ । मृत्यू हुनेमा २३ वर्षीया शान्ति सिजाली रहेको स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका राधा शाहीले बताउनुभयो । उनलाई कुनै खास स्वास्थ्य समस्या नदेखिएरै मृत्यू भएको स्वयम्सेविका शाहीको भनाई छ ।
लाँकुरी स्वास्थ्य चौकीका अनमी दीपा बिष्टले सिजालीको गर्भ ४ महिना जतिको भएको आफूलाई जानकारी रहेको बताउनुभयो । गत बैशाखको अन्तिम सातातिर छैटौं सन्तान जन्मेको बेला जन्मान्तर गराउन सुझाव दिएको तर गर्भवती हुनुभएछ अनमी बिष्टले दुखेसो पोख्निुभयो ।
सिंजालीले विवाह भएको ८ वर्षमा वर्षै पिच्छे गरी ४ छोरा २ छोरी जन्माइसक्नु भएकोख थियो, ती सबै जीवित छन् । सानै उमेर विवाह गरेका र स्वास्थ्य तङ्रिन नपाउदै गर्भवती भइरहँदा शारीरिक कमजोरीकै कारण उनको ज्यान गएको स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट बालकृष्ण बिष्टले बताउनुभयो ।

प्रतिक्रिया