प्रवासी नेपाली मञ्च अोमान द्वारा अायोजित “दशैं विशेष” कार्यक्रम

प्रवासी नेपाली मञ्च अोमान द्वारा अायोजित “दशैं विशेष” कार्यक्रम

सोमकृष्ण श्रेष्ठ
प्रवासी नेपाली मञ्च अोमान द्वारा अायोजित “दशैं विशेष” कार्यक्रम हिजो ७ अक्टोवर २०१६ शुक्रबारको दिन अोमानको मष्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष क. गगन कार्कीको सभाध्यक्षतामा रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिब क.सोमकृष्ण श्रेष्ठ, सचिब क. विश्णु चौंलागाई, अर्का सचिब क. दीपिका श्रेष्ठ र प्रचार विभाग प्रमुख क. पशुपति जीसीबाट रहेको थियो । नेपाली दुतावासका का.वा. राजदुत श्री रोजीना ताम्रकारको प्रमूख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले साँस्कृतिक विभाग सदस्य एवं संगितकार क. अशोक राई विशेष अतिथी रहनु भएको थियो । oman1 omanयसै गरि अोमान स्थित सबै संघ संस्था प्रतिनिधीहरू क्रमशः वैचारिक संयन्त्रका संयोजक शोभाकान्त लामिछाने, गैर अावसीय संघ अोमान का अध्यक्ष दिपक श्रेष्ठ, अोमान नेपाली एकता समाजका उपाध्यक्ष जिवी लामा, नेपाली महिला समाज अोमानका अध्यक्ष पार्वती श्रेष्ठ, बुध्द भिजन अोमानका अध्यक्ष निमा तमाङ, सगरमाथा समुह अोमानका उपाध्यक्ष पदम अधिकारी, जन प्रगतीशिल मञ्च अोमानका महासचिब हेम अाचार्य, नेपाली जन सम्पर्क समिति अोमानका सभापति फर्सुराम पोखरेल, नेपाली समाज अोमानका सचिब भरत जंग राई, तमाङ्ग समाज अोमानका सदस्य विनोद वली तमाङ, मगर संघ अोमानका सल्लाहकार क्याप्टेन सेवन्त पुर्जा पुन, दलित एकता संजाल अोमानका सदस्य उमेश विक, अन्तर्राष्ट्रिय साहित्य समाज अोमानका अध्यक्ष दिलप्रसाद पौडेल लगाएतका संघसंस्था प्रतिनिधीहरू अतिथिको रूपमा रहेका थिए । यसै गरि चिप्स र दुध स्पोन्सर गर्नु हुने अल मुदिस कम्पनिका प्रेम भट्टराई, प्रवासी नेपाली मञ्चका बरिष्ठ सल्लाहकार क. डिल्लीराम पाण्डे र सल्लाहकार क. मान ब. श्रेष्ठ अनि नेपालबाट अाउनु भएका कलाकारहरू लोक गायक बद्री पंगिनी, गायक संजय तुम्रुक र गायिका दुर्गा परियारले पनि अातिथ्यताको अाशण ग्रहण गरेका थिए । भने मञ्चमा अासिन सबैलाई खादा तथा ब्याज वितरण कार्य सचिब क. दीपिका श्रेष्ठ, सदस्य एवं महिला विकाग प्रमूख क. गोमा पाण्डे र सदस्य क. पुष्पाञ्जली सुब्बा बाट गरिएका थिए । कार्यक्रममा अाउनु भएका प्रमुख अतिथी, विशेष अतिथि, अतिथि गण लगाएत उपस्थित सबै दर्शक वृन्दहरूलाई मञ्चका वरिष्ठ उपाध्यक्ष क. लिलानाथ कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि र विशेष अतिथिले शुभकामना मन्तव्य राख्नु भएको थियो । वीर शहिदहरूलाई स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो र त्यसैगरि राष्ट्रिय गान गायर अाफ्नो मात्रि भूमी अर्थात नेपालको माटो सञ्झिने काम पनि उक्त कार्यक्रममा भएको थियो । नेपालबाट अाएका सबै कलाकारहरूको जोड्दार प्रस्तुतीले गुञ्जयमान भएको उक्त हलमा सहभागी सबै दर्शकहरूले भर्पुर मनोरञ्जन प्राप्त गरेका थिए भने लोक गायक वद्री पंगिनीले यस्पाली दशैंमा अाउन पाउँदिन, लाउ चेली सिन्दुर लाउ लगाएतका मार्मिक र भावुक गीत पनि गायर हल नै स्तव्धद बनाउनु भएको थियो । राष्ट्रिय कलाकारहरूको प्रस्तुती संग संगै स्थानीय कलाकारहरूले पनि सुन्दर प्रस्तुती राख्दै हललाई थप तताउने काम भएको थियो । यसरी सुन्दर प्रस्तुती दिने कलाकारहरू क्रमशः रामु कुँवर( एकल नृत्य), दीपीका श्रेष्ठ(एकल नृत्य), अनिता तमाङ( एकल नृत्य, तमाङ समाज अोमान), चेतन मगर(कमेडी, मगर संघ अोमान) दिलप्रसाद पौडेल (गायन, अ.सा.स. अोमान), नारायण ज्ञवाली, गीता लिम्बु, र साथीहरू(सामुहिक नृत्य, रक्तिम साँस्कृतिक समुह अोमान), विनिता गुरूङ( एकल नृत्य) त्यसै गरि मुना नेपाल श्रेष्ठ र सोमकृष्ण श्रेष्ठ (गजल ,बाचन) रहेका थिए । कार्यक्रमलाई अार्थिक स्पोन्सर गर्नु हुने Das Investment Company, Om multi Institute, Kathmandu Nepal, JD Institute, P.Saravanan लाई उपाध्यक्ष क. रामहरि गिरीको सहकार्यमा अध्यक्ष गगन कार्किले सम्मान पत्र सहित सम्मानित गरेका थिए । साथै कोल्ड ड्रिंक तथा पानी स्पोन्सर गर्नु हुने कोककला कम्पनीका म्यानेजर विनोद श्रेष्ठ लाई र चिप्स तथा दुध स्पोन्सर गर्नु हुने अल मुदिस कम्पनीका प्रेम भट्टराईलाई विशेष धन्यवाद ब्यक्त गर्दै नेपाल देखि अाई अाफ्नो उत्कृष्ट कला प्रदर्शन गर्नु हुने सबै कलाकारहरूलाई उच्च प्रशंसा गर्दै कदर पत्र हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा उत्साह जनक उपस्थिती जनाउनु हुने सबै संघ संस्था र प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अाभार प्रकट गर्दै कार्यक्रम तयारी समितिका संयोजक तथा सचिव क. रञ्जित अाचार्य लगाएतका टिमलाई विशेष धन्यवाद पनि दिँदै अध्यक्ष गगन कार्कीले सभा विसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया