सरकारलाई डा. केसीको अर्को अल्टिमेटम

सरकारलाई डा. केसीको अर्को अल्टिमेटम

२७ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालका डा. गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्तिका लागि सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने डा. केसीको तयारी छ ।

शनिबार अर्को विज्ञप्ति निकालेर डा. केसीले आइतबार २ बजेसम्म आईओएमको डिन नियुक्त गर्न र एमबीबीएस र बीडीएसको शूल्क गत वर्षकै कायम गर्न माग गरेका छन् । उनले भनेका छन्, वरिष्ठता नभई दलीय भागवण्डाका आधारमा तथा माफियको इशारामा डिन नियुक्त गरिएको खण्डमा तुरुन्त आमरण अनशन शुरु गर्ने जानकारी पनि दिन चाहन्छु ।’

आइओमको डिन पद ९ महिनादेखि रिक्त छ भने चार सहायक डिनको कार्यकाल पनि हालै मात्र सकिएको छ र आईओम पूर्ण रुपमा नेतृत्वविहीन भएको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाले राजनितिक कार्यकर्ता तथा माफियालाई नियुक्ति दिन खोजेका डा. केसीको आरोप छ ।

र, डा. केसीले १२ दिने अर्को अल्टिमेटम दिएर त्रिवि उपकुलपति खनियालाई बर्खास्त गर्नु पर्नेसहित नौबुँदे माग पनि अघि सारेका छन् ।

आइओमलाई पूर्ण स्वायत्त संस्था बनाउनु पर्ने, संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता गर्ने, सरकारी शिक्षण संस्थानहरुमा सत प्रतिशत निःशुल्क भर्ना सुनिश्चित र प्रत्येक प्रदेश/क्षेत्रमा कम्तिमा एउटा सरकारी मेडिकल, डेन्टल, नर्सिङ कलेज खोल्ने सम्झौता तुरुन्त कार्यन्वयन गर्नु पर्ने डा. केसीको माग छ ।

 

प्रतिक्रिया