मसालले संविधान संशोधनको विरोधमा आन्दोलन गर्ने

मसालले संविधान संशोधनको विरोधमा आन्दोलन गर्ने

१५ मंसिर, काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र उसको मातृपार्टी नेकपा मसालले संविधान संशोधन विधेयकलाई असफल पार्न आन्दोलनको आह्वान गरेको छ ।

केसीको मातृपार्टी नेकपा मसालले एक विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनको आह्वान गरेको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संशोधन प्रस्तावलाई असफल पार्नु वा पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले राष्ट्रिय रुपमा नै व्यापक आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यो संशोधन प्रस्तावलाई असफल पार्न संसदभित्र र बाहिर पनि व्यापक ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छौँ ।’

सिंहले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अहिले जुन प्रकारले संविधानमा संशोधन गर्न थालिएको छ र त्यो क्रममा ५ नं. प्रदेशलाई टुक्राएर पहाडी भूभागहरुबाट अलग गरेर तराईका जिल्लाहरुको बेग्लै प्रदेश बनाउने प्रयत्न गरिादैछ, त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो ।’

प्रतिक्रिया