किसानको साहारा वन्दै साक्षरता कक्षा

किसानको साहारा वन्दै साक्षरता कक्षा

अर्जुन शाही
देशको ग्रमिण क्षेत्रमा ८३ प्रतिशत मानिसहरु वसोवास गर्छन भने करिव ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । जमिनको खण्डीकरण, पुर्वाधारको कमी, उन्नत प्रविधिको कमीमा कारण मानिसहरु अन्य सेवा तथा ब्यावसायमा लागिपरेको देखिन्छ । नेपालमा विभिन्न समस्याका कारण पुरुषहरु वैदेशिक पलायन हुने क्रम दिनानुदिन बृद्धि भएको देखिन्छ ।BLC News (7) BLC News (3)
पछिल्लो समयमा कृषि क्षेत्रमा अत्यधिक मात्रामा महिलामा निर्भर हुदै गएको छ । अत्यधिक मात्रामा संलग्न महिलाको उत्पादनका स्रोत र साधनमा पहुँच, निर्णय प्रक्रियामा उनिहरुको प्रतिनिधित्व र सहभागिता कम छ । जसको कारणले महिलाकरण भएको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा बृद्धी हुन सकेको छैन । कृषि क्षेत्रको विकासका लागि उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले प्रास्तवना पेश भई छनौट भएका समुह तथा सहकारीमा जिल्लाका विभिन्न १३ वटा समुह तथा सहकारीमा ब्यावसायिक साक्षरता कक्षा संञ्चालनमा रहेको छ । कक्षामा महिलाहरुले मुल्य श्रृखला विकास, समुह ब्याववस्थापन,ु सुशासन, लैङ्गिकता र सामाजिक समावेशिकरण जस्ता सामाजिक विषयहरु र कृषिको ब्यावसायिकरण, कृषि वजार र बजारिकरण जस्ता ब्यावसाय र वजार सम्वन्धि विषय वस्तु लगाएत साधारण क्याल्कुलेटर को प्रयोग गरेर सामान्य नाफा नोक्सानका हिसावहरुमा सुचना तथा ज्ञान हासिल गर्न मद्दत मिलोस भन्ने अभिप्रायले ब्यावसायिक साक्षरता कक्षा संञ्चालनमा रहेको जिल्ला कार्यत्रम संयोजक पुस्कर प्रसाद शर्माले वताउनु भयो ।
न्युनतम वार्षिक तीस हजार आम्दानीका साथै रोजगारीको सृजना गर्ने उदेश्यका साथमा विगत पाच वर्ष देखी दैलेख जिल्लामा सामाजिक सेवा केन्द्र (सोसेक) को ससहजिकरणमा उच्च मुल्य कृषि वस्तु विकास आयोजना संञ्चालनमा रहेको छ । आयोजनाले विभिन्न ७ वटा मुल्य श्रृखलामा काम गरिरहेको छ । समुह तथा सहकारीको छनौटको माध्यमवाट बेमौसमी तरकारी खेती, खसी वोका, तरकारी को विउ, अदुवा, वेसार, टिमुर, स्याउ मुल्य श्रृखलामा अनुदान रकम उपलब्ध गराउदै आएको छ । समुदायमा रहेका समुह सहकारी लाई ब्यावसायका लागि आवश्यक सामग्री तथा संरचना निर्माणका लागि सहयोग गरिरहेको छ । समुह सहकारीमा दिगोपना ल्याउनका लागि विभिन्न किसिमका तालिम, भ्रमण जस्ता कार्यक्रम गदै आएको छ ।
विगत तिन वर्ष देखि संञ्चालनमा रहेको बसुन्धारा कृषि सहकारी संस्था राकम कर्णाली दैलेखले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको साधारण सभा उद्घाटन गरिवी निवार तथा सहकारी मंन्त्रि हृदयराम थानी ले गनु भएको छ । उक्त कार्यक्रममा मन्त्री थानीले प्रत्येक गाँउ गाँउमा सहकारीको आवश्यकता रहेको, गाँउ हिमाल पहाडका जनताका भावना अनुसार सहकारीको सिद्धान्त अनुसार सहकारीका माध्यमवाट राहत पाउने सहकारी मैत्री ऐन निर्माणका लागि प्रक्रिया अगाडी वढाई रहेको वताउनु भयो । कार्यक्रममा विशेष अतिथी नेपाल महिला संघ दैलेखका अध्यक्ष तथा नेपाली काग्रेसका माहाधिवेशन प्रतिनिधि सिता रानाले दिदि वहिनी तथा दाजुभाईका लागि सहकारी साहारा भएको वताउनु भयो । घरायसी हिसाव नहुने सानो तिनो पैसा नदेखिने र सोही पैशा सहकारीमा जम्मा गर्दा एकै पटक ठुलो रकम देखिने भएकाले जम्मा भएको पैशा लाई ब्यापार ब्यावसायका लागि खर्च गर्न आग्रह गनुभयो । साथै कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया