डुंगा पल्टिँदा बालिका बेपत्ता

डुंगा पल्टिँदा बालिका बेपत्ता

दैलेख, मंसिर २६ – कणाली नदीमा आज दिउँसो डुंगा पल्टिँदा एक बालिका बेपत्ता भएकी छिन् । दैलेखको राकमकर्णाली गाविस वडा नं. ८ को भेलतडी नजिक नदी डुंगामा खेल्दै गरेको डुंगा पल्टिएको सोही ठाउँकी ८ वर्षीया सुनिता माझी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
आठ–दश वर्ष उमेरका ५ जना बालबालिका सयर गर्दै गरेको सो डुंगा बीच नदीमा पुग्दा अकस्मात पल्टिए लगतै स्थानीय बासिन्दाले ४ जनाको उद्दार गरेको इलाका प्रहरी कार्यालय राकमका प्रहरी नायव निरीक्षक सई सुधीरकुमार खड्काले जानकारी दिनुभयो । उहाँले बेपत्ता बालिकाको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया