दलित महिलामाथि कुटपीट

दलित महिलामाथि कुटपीट

दैलेख, पुुस ३ – दैलेखको रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई जातीय हिसावले अपमानसंगै कुटपीट भएको छ । सोही ठाउँकी ४१ वर्षीया लालकुँवारा सिंह र उनकी बुहारी २१ वर्षीया बिष्णा सिंहले कुटपीट गरेको प्रहरीले जनाएको छ । sunita-and-b-1
धारामा पानी भर्दा लसपस गर्न खोजेकी भन्दै २ साताअघि विवाद भएकोमा पछिल्लो समय शनिवार दिउँसो लालकुँवाराको घर आगनमा बनतर्फ लैजादै गरेको बाख्राले घाँस खाएको विषयलाई लिएर कुटपीट भएको सरिताका भाई चन्द्र सोनीले बताए ।
बाख्रा गोठाला गएकी सरितालाई अधेरीगैरा भन्ने ठाउँमा मराणासन्न हुने गरी कुटपीट गरी छोडेकामा २ घण्टापछि मात्र होस खुलेको बताइएको छ । ‘तैंले धारामा भाँडा छुन खोज्छेस्, ठूली भएकी हुन्छेस्’.भन्दै हसियाको पाइटा र दाउराले जिउभरी थिलोथिलो पारेको पीडितले बताएकी छिन् ।
टाउकोमा कडा चोट लागेको कारण दैलेख अस्पतालले रिफर गरेपछि अहिले नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ । त्यहाँ उनीहरुले सीडीस्क्यान गरे पनि मेडिकल कलेज मागेको रकमको अभावमा थप उपचार हुन सकेको छैन । यता प्रहरीले पीडक पक्षलाई घरमै पुगेर पक्रेको छ ।

प्रतिक्रिया