शैक्षिक सुधारका लागि सहयात्रा

शैक्षिक सुधारका लागि सहयात्रा

निर्मल अधिकारी

दैलेख, ७, पौष – सिकाई उपलब्धिमा बृद्धि गर्ने उद्धेश्यले सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको साझेदारीतामा सञ्चालन गरेको सहयात्रा परियोजनाका गतिविधिले विद्यालयमा देखिने गरि परिवर्तन भएकोछ । कक्षामा विद्यार्थीको उपलस्थिती न्यून, नियमित पठनपाठनमा समस्या, कक्षा कोठा फोहरी, शैक्षिक सामाग्रीको अभाव जस्ता समस्याहरु अहिले घट्दै गएका छन् ।

?
?

परियोजना लागु भए पछि विद्यार्थीको सिकाई उपलब्धिमा सुधार आएको जनता माध्यामिक विद्यालय लैनचौर चामुण्डाका शिक्षक शन्तोषी शाहीले बताईन् । उनले थपिन, यस अघि हामीलाई सुझाव पेटिका, बाल कल्व सञ्जालको गठन, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता, विद्यार्थीमैत्री वातावारणमा अध्ययन अध्यापन जस्ता कुराको जानकारी थिएन् । विद्यार्थीको सिकाई प्रभावकारी बनाउन शैक्षिक सामाग्रीको महत्वपूर्ण भूमिका रहेको बताउने सन्तोषी भन्छिन् अब कुनै पनि बालबालिकाले शैक्षिक सामाग्रीको अभावमा कक्षा छोडनु पर्ने स्थिती देखिदैन् ।
विद्यालयमा राखिएको सुझाव पेटिकाले आफ्ना गुनासाहरु शिक्षक तथा व्यवस्थापन समिति समक्ष राख्न सजिलो भएको विद्यालयस्तरीय बाल संरक्षण समितिका संयोजक देउचन कामीले बताए । विद्यार्थीले आफना् गुनासा तथा समस्याहरु सजिलै शिक्षक संग राख्न सक्दैनथे । शिक्षक कक्षा कोठामा अनुपस्थित हुदाँ पनि केही नबोलेर विद्यार्थीले घर जानु पर्ने समस्या थियो । तर त्यो अहिले टरेको छ । विद्यार्थी माथि हुने सबै खाले हिँसा र पठन पाठनमा भएको समस्यालाई सुझाव पेटिका मार्फत पोख्ने गरेको कामीको भनाई थियो । सुझाव पेटिका महिनामा २ दिन खोली समस्याको समाधान गर्ने गरिएको शिक्षक सन्तोषिले बताईन् ।

?
?

संस्थाले साना बालबालिकाको लागि कार्पेट र शैक्षिक सामाग्री उपलब्ध गराएकोमा चामुण्डा गाविसकै पञ्चकोशी आधारभूत विद्यालयका प्रधानाध्यापक गगन भण्डारीले बताए । समग्र शैक्षिक क्षेत्रको सुधारको लागि माथिल्लो तह भन्दा तल्लो तहमा पहल गर्नुपर्ने धारणा भण्डारीको थियो । जग बलियो भयो भने धुरी बलियो हुन्छ । उच्च शिक्षामा राम्रो जनशक्ति उत्पादन गर्न आधारभूत शिक्षालाई मजबुत बनाउनु पर्ने भण्डारीले बताए । अभिभावकको अशिक्षाका कारण विद्यार्थीको उपस्थितीमा नियमितता हुन नसकिरहेको उनको गुनासो थियो । उनले थपे, अहिले कक्षा कोठाहरु झिलीमिलि छन् । सरकारी श्रोत पहुँचका आधारमा वितरण गरिन्छ । सरकारले भन्दा संस्थाले दिने सेवा छिटो, छरितो र सहज हुने भण्डारीको भनाई थियो ।
छोटो समयमै देखिने गरी परिवर्तन भएकोमा आफु खुसी भएको संस्थाका उपाध्यक्ष वीरवहादुर नेपालीले बताए । उनले थपे, शैक्षिक क्षेत्रको परिवर्तनका लागि हामी हातेमालो गर्न तयार छौं । सहयात्रा परियोजनाका सहायक मिल अधिकृत भूपेन्द्र खत्रीले “सिमान्तकृत तथा वन्चितिकरणमा पारिएका बालबालिकाहरुको पहिचान गरी विद्यालय सेवा क्षेत्र भित्र ल्याउनु पर्नेमा जोड दिएका थिए ।” सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको कार्यसमिति पदाधिकारीहरुले परियोजना क्षेत्रका ४ विद्यालय र गाउ बाल सञ्जालको अनुगमन गरेका थिए ।

प्रतिक्रिया