शौचालय विहिन विद्यालय

शौचालय विहिन विद्यालय

निर्मल अधिकारी
दैलेख ७, पौष– जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरी हरेक गाविसमा पूर्ण सरसफाईका लागी तयारी भईरहेको छ । तर गाउका विद्यालय अहिले पनि शौचालय विहिननै छन् । विद्यार्थीले शौच गर्न नजिकको खोला, खोच र झाडीमा जाने गरेका छन् । ग्रामिण क्षेत्रका अधिकाँस विद्यालयहरुमा नत शौचालयको व्यवस्था छ नत सुद्ध खानेपानीको सुविधा !
जम्बुकाँध गाविसको वडा नं ४ स्थित पञ्चकोशी आधारभूत विद्यालयमा सुविधायुक्त शौचालयको अभावमा विद्यार्थीलाई समस्या भएको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले भएको एउटा मात्रै जिर्ण शौचालय शिक्षक र विद्यार्थीले प्रयोग गर्दै आईरहेका छन् । शिक्षिका भगवती भण्डारी भन्छिन् सबै भन्दा बढी समस्या छात्राहरुको लागि रहेको छ । भएको एउटा मात्रै शौचालयमा पनि प्राय ः छात्रहरु हुने भएकाले छात्राहरुले लामो समय पर्खिनु पर्ने गुनासो गरिन् । उनले थपिन् अधिकाँस समय शौचालयमा पालो नपाए पछि पढाई छुट्ने डरले छात्राहरु जंगल तिर जान बाध्य हुन्छन् ।
पटक पटक विभिन्न निकायमा पहल गर्दा पनि विद्यालयमा शौचालय निर्माण गर्न नसकिएको विद्यालयका प्रधानध्यापक गगन भण्डारीले बताए । छुट्टिको समयमा त शौचालय जान विद्यार्थीको हुलनै लागेको हुन्छ । छात्रहरुको लागि भन्दा पनि छात्रा शौचालय छुट्टै भईदिएको भए सजिलो हुने भण्डारीको भनाई थियो ।
उक्त विद्यालयमा पानीको पनि त्यत्तिकै समस्या भएको सह शिक्षक डम्बर बहादुर शाहीले बताए । उनले थपे, शौचालय मात्रै बनाएर पनि पुग्दैन् , सफा राख्नका लागि पर्याप्त मात्रामा पानिको आवश्यक पर्छ । अहिले आधा घण्टा लाएर बोकेको पानीले शौचालय सफा र स्वच्छ राख्न नसकिने उनको भनाई थियो ।

प्रतिक्रिया