लेखपढी व्यवसायीलाई आधारभूत

लेखपढी व्यवसायीलाई आधारभूत

दैलेख जिल्ला अदालतले लेखापढी व्यवसायीहरुका लागि एक दिने आधारभूत तालिम आज सम्पन्न गरेको छ । तालिम सहभागी २ महिला सहित २५ जना लाइसेन्स प्राप्त लेखापढी व्यवसायीहरुको सहभागिता थियो ।
सहभागीहरुलाई तालिममा अदालत र अर्धन्यायिक निकायमा उजूरी प्रक्रिया, न्याय निरुपण पद्धति लगायतका विषयमा अनुशिक्षण गराइएको जिल्ला अदालतका श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त प्रशिक्षणमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सूचनाको हक लगायत न्याय निरुपण पद्धति र श्रेस्तेदार अधिकृत श्रेष्ठले मुद्दामा म्याद तामेली, हदम्याद लगायतका विषयमा प्रशिक्षण दिनुभयो थियो ।
लेखापढी व्यवसायीले प्रहरीमा लेखिने जाहेरी, मालपोत, स्थानीय निकाय लगायत सरकारी कार्यालयमा दिने व्यक्तिका निवेदन, उजूरी लेख्न पाउछन् । अदालत बहस गर्न, फिराद र प्रतिउत्तर लेख्न अधिवक्तालाई मात्र पाउँछन् ।

प्रतिक्रिया