५५ मुद्दा फैसला

५५ मुद्दा फैसला

दैलेख– दैलेख जिल्ला अदालतले यस आ.व.को मंसिरसम्म ५ महिना अवधिमा ९७ मुद्दा परेका मध्ये ५५ वटा मुद्दा फैसला भएको जनाएको छ । सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सो जानकारी दिनुभएको हो ।

उहाँले यो अवधिमा ४६ वटा फैसला गर्ने लक्ष्य मध्ये लक्ष्य भन्दा बढी फैसला भएको बताउनुभयो । जिल्ला न्यायाधीश पण्डितले जवरजस्तीकरणी जस्ता महिलासंग सम्वन्धित संवेदनशील मुद्दामा सिघ्र सुनुवाइको नीति अनुसार प्रमाण बुझेर छिटो फैसला गर्ने थालनी पनि गरिएको जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा न्यायाधीश पण्डितले प्रहरीमा आफैले जाहेरी दिएको मुद्दामा अदालत आई पुग्दा विभिन्न प्रलोभन वा दवावमा बयान बदल्ने ‘होस्टाइल’ हुने परम्परालाई निस्तेज पार्न त्यस्तो बयान बदल्नेलाई नै कैद र जरिवाना गर्न थालिएपछि पीडितहरु सजग भएको बताउनुभयो ।
उक्त कार्यक्रममा दैलेख जिल्ला अदालतका श्रेस्तेदार शाखा अधिकृत रमेश श्रेष्ठ, दैलेख बारका सचिव प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाही र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया