नाराप्रति ध्यानाकर्षण

नाराप्रति ध्यानाकर्षण

सुर्खेत, १८ पुस । (सिस) मंगोल नेशलन अर्गनाइजेशनको २८ औं स्थापना दिवस तथा सुर्खेतको प्रथम जिल्ला अधिवेशनका क्रममा लगाइएको नारा प्रति ध्यानाकषर्ण भएको जनाइएको छ । सार्वजनिक ठाउँमा भएको कार्यक्रममा जातिय द्धन्द सृजना गर्ने नारा लागेको भन्दै सोमबार विभिन्न धार्मिक संघसंगठनहरुद्धारा प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र बुझाएका छन् । हिन्दु जागरण नेपाल सुर्खेत, सनातन धर्म सेवा समिति, हिन्दु जागरण नेपाल, विश्व हिन्दु महासंघलगायतका धार्मिक संघसंगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा मात्रै विरोध छैन्, जिल्लास्थित विभिन्न धार्मिक संघसंगठनहरुले समेत आपत्ति प्रकट गरेका छन् । धार्मिक, सांस्कृतिक मौलिकतामाथि हुने यस्ता गतिविधि रोक्न माग गर्दै संगठनहरुले दोषीमाथि राजद्रोही मुद्दा दायर गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन् । अधिवेशनको पुर्वसन्ध्यामा निकालिएको ¥यालीमा ‘हामी मंगोल हिन्दु होइनौं, बाहुन क्षेत्री विदेशबाट आएका दलाल हुन्, जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रिया