रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायकगायिका पक्राउ

रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायकगायिका पक्राउ

deepak-and-prashana-panday-768x460

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । सातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका

हुुन् ।

प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् ।

सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए र उनी पनि पक्राउ परेका छन् ।

सोधपुछका क्रममा खुले अनुसार सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए ।

त्यही स्क्रिन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाएकी थिइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेका छन् र, माफी मागेका छन् । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन ।

प्रतिक्रिया