संगठन बिस्तार गर्दै संघीय फोरम

संगठन बिस्तार गर्दै संघीय फोरम

संघीय समाजवादी फोरम नेपाल बाँकेले संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तारको क्रममा फोरमले गाउँ–गाउँमा संगठन विस्तार गरेको छ । संगठन विस्तार गर्ने क्रममा संघीय फोरमले पिप्रहवा गाविसमा पनि संगठन विस्तार गरेको जनाएको छ । पिप्रहवामा विजय बर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागिर हल्वाई, सचिवमा गुरुदयाल सिंह सरदार रहेका छन् ।
यसैगरी, बेलहारी गाविसमा भगवान शरण यादवको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको संघीय समाजबादी फोरमले जनाएको छ । कार्य समितिको उपाध्यक्षमा हमीद अहमद हल्वाई, सचिवमा रहिस हरिजन रहेका छन् ।
जिल्लाका अन्य गाविसमा पनि संगठन विस्तार कार्य तिब्रगतिमा भइरहेको पूर्व मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मोहम्मद इस्तियाक राईले बताए । पूर्व मन्त्री राईले भविष्यमा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरी संगठन विस्तार अभियानलाई तिव्रता दिएको बताए ।
संगठन विस्तार गर्ने कार्यमा संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुदीन राई, संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला सदस्य समसुल हक राईलगायतका नेता गाउँ–गाउँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया