दैलेखमा ११ स्थानीय इकाई बन्ने पक्का

दैलेखमा ११ स्थानीय इकाई बन्ने पक्का

दैलेख, पुस २३ । स्थानीय तह पुनःसंरचना आयोगले दैलेखमा ११ वटा स्थानीय इकाई बनाउन सरकार समक्ष सिफारिस गरेको छ । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका बनाउन सिफारिस गरेको हो ।map-of-dailekh

आयोग अन्तगर्तको जिल्लास्थित प्राविधिक समितिले गत कात्तिक १९ गते आयोगमा सिफारिसि गरेअनुसार आयोगले सरकार समक्ष सिफारिस गरेको हो । आयोगले क्षेत्र नम्बर १ मा १ नगरपालिका र ५ गाउँपालिका तथा क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउन सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, गराँस गाउँपालिका, महाबु गाउँपालिका, डुंगेश्वर र नौमुले गाउँपालिका बनाउन सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ मा दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका, गाउँपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका बनाउन सिफारिस गरेको छ । अब सरकारले आयोगको सिफारिसअनुसार दैलेखमा यी इकाई बनाउने छ ।

जिल्लास्थित राजनीतिक दलहरुले आयोगको निर्णय स्वीकार गर्ने बाचा गरेकाले अब दैलेखमा ११ वटा इकाईमा कुनै विरोध नहुने विश्वास गरिएको छ । जिल्लास्थित प्राविधिक समितिले आयोगमा ११ वटा ईकाईको प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोध भएको थियो । विरोध थामथुम पार्न दलहरुले अन्तिम निर्णय गर्ने जिम्मा आयोगलाई दिएका थिए ।

यस्तै प्रदेश नम्बर ६ अन्तर्गतको सुर्खेतमा भने ९ वटा ईकाई बन्ने भएका छन् । सुर्खेतमा ५ नगरपालिका र ४ गाउँपालिका बन्ने भएका हुन् । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका र सिम्ता गाउँपालिका बनाउन सरकार समक्ष आयोगले सिफारिस गरेको छ । यस्तै कालिकोटमा पनि ९ वटा ईकाई बन्ने छन् । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका र पलाता गाउँपालिका बनाउन सिफारिस गरिएको छ । यस्तै जाजरकोटमा भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिका बनाउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया