गाउँ गाउँमा काँग्रेस

गाउँ गाउँमा काँग्रेस

दैलेख, पुस २४ । नेपाली काँग्रेस दैलेखले पार्टीको संगठन सुदृढीकरण गर्न गाउँ गाउँमा जागरण अभियान चलाएको छ । शनिबार जिल्लाका चौराठा, विन्ध्यावासिनी र नारायण नगरपालिकाको किमुगाउँमा अन्तक्र्रिया कार्र्यक्रम आयोजना गरिएको थियो ।
काँग्रेस वडा समिति किमुगाउँको आयोजनामा शनिबार किमुगाउँमा आयोजित कार्यक्रमका वक्ताहरुले पार्टीको संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काकै वडामा पार्टीको अवस्था नाजुक रहेको भन्दै संगठन मजवुत बनाउनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले पूर्वराज्यमन्त्री खड्काले आफ्नो वडामा पार्टीलाई बलियो बनाउन विशेष पहल गर्नुपर्ने बताए ।
स्थानीय नेताहरु भरत चन्द, हिम सुवेदी, निर्मला खड्काले पार्टीको संगठन विस्तारमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वराज्यमन्त्री खडुकाले पार्टीको संगठन सुधार गर्न सबैको सहयोग चाहिने बताए । उनले एक्लैले पार्टी बनाउन नसकिने भन्दै तरुण, महिला, विद्यार्थी सबै पार्टीको संगठन सुधारमा लाग्नुपर्ने बताए ।
क्षेत्र नम्बर १ का सभापति गणेश उपाध्याय र क्षेत्र नम्बर २ का सभापति घनश्याम भण्डारीले समेत पार्टीको संगठन सुधारका लागि नेताहरुबीच एकता हुनुपर्नेमा जोड दिएका थिए । यस्तै पार्टी महाधिवेशन प्रतिनिधि तथा महिला संघ दैलेखकी अध्यक्ष सीता रानाले पार्टीमा महिलालाई विशेष भुमिका दिन सके पार्टीको अवस्था सुधार गर्न सकिने बताइन् । उनले महिलालाई जिम्मेवारी दिन कन्जुस्याईँ भइरहेको गुनासो गरिन् ।

प्रतिक्रिया