तरकारी खेतीबाट मनग्गे आम्दानी

तरकारी खेतीबाट मनग्गे आम्दानी

निर्मल अधिकारी
दैलेख–राकमकर्णालीका कर्ण माझीलाई २ वर्ष अगाडी विहान खाए वेलुकी के खाउ र वेलुकि खाए विहान के खाउ भन्ने पिरले सधै पिरोलिरहन्थ्यो । चुलोमा आगो बाल्न साहुँ बाट उधारो चामल, नुन र तेल ल्याउनु पर्ने बाध्यता थियो । अभावै अभावमा विताईरहेका माझीको घरमा चाडबाड आउदा पनि कहिल्यै खुसियाली छाएन् । उनीसँग नत पैसा थियो नत कामनै थियो ।
karna-majhi-2 karna-majhi-1सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सरल परियोजनाले उनको टोलमा व्यवसायीक तरकारी खेती सम्बन्धि तालिम दियो । उक्त तालिममा माझी सहभागी भए । तरकारी खेतीबाट पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उनलाई विश्वासै थिएन् । परियोजनाको सहयोगमा माझीले थोरै जग्गाबाट तरकारी खेतीको सुरुवात गरे । जव तरकारी फल्यो व्यापारी आफै उनको खेतीमा आएर उत्पादन उठाउन थाले । त्यसपछि उनले जग्गा भाडामा लिएर ठुलै मात्रामा व्यवसाय शुरु गरे ।
अहिले माझीले तरकारीका बेर्नाहरु उत्पादन गर्न शुरुवात गरेका छन् । तरकारीका बेर्नाबाट मात्रै बार्षि १ लाख ५० हजार सम्म उनको कमाई हुन्छ । मौसमी भन्दा बेमौसमी तरकारी खेतीबाट आम्दानी राम्रो हुने उनको अनुभव छ । तरकारी व्यवसायमा मिहिनेत बढी गर्नुपर्ने भए पनि विक्रिको लागि समस्या नभएकाले यो पेशाप्रति आफु लोभिएको माझीको भनाई थियो ।
अहिले उनको दैनिकि विहान ४ बजे बाट शुरु हुन्छ । सबेरै उठेर राकमकर्णाली बजारमा तरकारी बेच्न लैजानु उनको पहिलो काम हो । त्यसैगरी केही तरकारी माझी कालिकोटको सदरमुकाम मान्मतिर गाडीमा पठाउछन् । तरकारी विक्रिबाटै उनले मासिक २० हजार भन्दा बढी कमाउने गरेका छन् । दिनभर तरकारी खेतीमा व्यस्त हुने र हरेक दिन बिहानै तरकारी विक्रीमा लाग्ने गरेको उनले बताए । व्यक्तिगत र भाडाको जग्गामा खेती गरिरहेको बताउने माझी तरकारी खेतीबाट सन्तुष्ट रहेको बताउछन् ।
उनले, छोराछोरीलाई सरकारी विद्यालयबाट बोर्डिङ्ग पढाउन सुरुवात गरेका छन् । उनले थपे १ वर्ष देखि नियमित तरकारी खेतीमा लागेका छु, हरेक वर्ष आम्दानी पनि बढदै गएकोछ । उनलाई घरपरिवारले पनि सघाउछन् । काक्रा, फर्सि, तितेकरेला लगायत बेमौसमि तरकारी उनको खेतमा फल्छन् । यही आम्दानीबाट छोराछोरीको पढाइ र घर खर्च व्यहोर्ने गरेको माझीले जनाए ।
परम्परागत खेतीबालीबाट आम्दानी नहुने देखेपछि बेमौसमी तरकारी तर्फ लागेको उनको भनाई छ । तरकारी खेतीले आफ्नो सोचाईमा परिवर्तन आएको बताउने माझी भन्छन् घरमा पाहुना आउदा होस वा आफैले खादा पनि नुन खुर्सानी सँग खाना खानु पर्ने बाध्यता थियो । अहिले तरकारी र फलफुलको उत्पादनले एकातिर स्वास्थ्य राम्रो भएको छ भने अर्काेतिर आम्दानीमा पनि बृद्धि भएको छ ।
उनी पहिला कमाउन भारत जाने गर्दथे । कमाउन बाहिर जादाँ घरपरिवारको मायाले सताउने र फर्किएर आइन्छ की आइदैन् भन्ने चिन्ता हुन्थ्यो । अहिले घरमै बसेर व्यवसाय गर्दा परिवार खुसी भएको माझीको भनाई छ । उनले थपे, आफ्नै ठाउमा केही गरौ भन्नेहरुका लागि सम्भावना र अवसर प्रयाप्त छन् ।

प्रतिक्रिया