वालवालिकाहरुको पहुँच बृद्धिका लागिः स्थानीय श्रोत व्यक्ति परिचालन

वालवालिकाहरुको पहुँच बृद्धिका लागिः स्थानीय श्रोत व्यक्ति परिचालन

दैलेख सिमान्तकृत, अल्पसंख्यक, शारीरिक अपांगता भएका र दलित समुदायका बालबालिकाहरुको विभिन्न निकायहरुमा पहुच बृद्धि गर्ने उद्धेश्यले जिल्लाका दश गाविसमा स्थानिय स्रोत व्यक्ति परिचालन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले श्रोत व्यक्ति परिचालन गरेको हो । छनौट भएका समुदाय भित्रका बालबालिकाहरु विद्यालय भर्ना हुन बाट बञ्चित भएका, नियमित विद्यालय जान नसकेका, घर, समुदाय तथा विद्यालयबाट हुने कुनैपनि प्रकारको बाल दुव्यवहारका घटनाका साथै वाल विवाहलाई तत्काल जिल्ला तथा स्थानीयस्तरका सरोकारवाला निकाय वा सरकारी तथा गैर सरकारी संघ संस्था र साझेदार निकायलाई श्रोत व्यक्तिले एस.एम.एस को माध्यमबाट घटनाको अध्यावधिक गराउने सोसेक सहयात्रा परियोजनाका नवराज विसीले बताए । उनले थपे, समाजमा हुने वा भईरहेका बाल दुव्र्यवहारका घटनाहरुको सम्बन्धित निकायलाई समयमै जानकारी गराई पिडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन यस कार्यक्रमले सहयोग गर्नेछ ।
गर्भवती महिलाले ४ पटक स्वास्थ्य सँस्थामा गई जाँच गराए नगराएको श्रोत व्यक्तिले सम्बन्धित निकायलाई जानकारी गराउने छन् । त्यसै गरी प्रत्येक महिना भएका घटनाको अध्यावधिक गर्ने र प्रतिवेदन सम्बन्धित निकायलाई श्रोत व्यक्तिले उपलब्ध गराउनु पर्ने विसीको भनाई थियो ।
गाउ शिक्षा समिति, गाउ वाल संरक्षण तथा सम्बद्र्धन उपसमिति, सोसेक र साझेदार संस्थाका कर्मचारी, जिशिका स्रोत व्यतिm, वि.व्य.स.का पदाधिकारीहरुसँग समन्वय र सहकार्य गर्नु श्रोत व्यक्तिको जिम्मेवारी भएको विसीले बताए । उनले थपे, स्थानीयस्तरबाट समयमै सूचना सम्प्रेषण गर्न सजिलो होस भनी प्रत्येक श्रोत व्यक्तिलाई मोबाईल सेट उपलब्ध गराईएको छ । समयमा सूचनाको अभावका कारण कुनै पनि व्यक्तिले न्याय पाउनमा ढिलाई नहुने उनले बताए । स्थानीय श्रोत व्यक्तिहरु सहयात्रा परियोजना लागु भएकाका गाविसका दलित समुदायलाई लक्षित गरि परिचालन गरिएको सोसेक दैलेखका अध्यक्ष मञ्जु खड्काले वताईन ।

प्रतिक्रिया