पक्लिहवामा न्यानो कपडा बितरण

पक्लिहवामा न्यानो कपडा बितरण

सहबान अन्सारी

16237904_1059394317540743_1800675244_n

नवलपरासी- नवलपरासीको पक्लिहवा वडा न.३ मुसहर टोलमा न्यानो कपडा बितरण गरिएको छ! बिवेकशिल नेपाली नवलपरासी र बिवेकशिल नेपाली रुपन्देहीको संयुक्त आयोजना करिब ७० घर दुरी भएको गाऊमा महिला,बृद,बालबालिकाहरुलाई कम्बल,जैकेट,स्वीटर लगायत जस्ता न्यानो कपडाहरु बितरण गरिएको बिबेकशिल नेपाली नवलपरासीका जिल्ला सदस्य कृष्ण भट्टराई ले बताउनु भयो! मुसहर टोलका बालबालीकाहरु न्यानो कपडा नहुदाँ चिसो मौसममा विध्यालय जान छाडेको र शिक्षा बाट बन्चित हुदै गएपछि सो ठाउमा न्यानो कपडा बितरण हुदा बालबालिकाहरु खुशी भएको भट्टराईले बताए! पक्लिहवा प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर क्षेत्रीको प्रमुख अथित्यता तथा मधेश युवा विकास मन्च पक्लिहवाका भानु प्रसाद चौहान को अध्यक्षता रहेको थियो! बितरण कार्यक्रममा गोपाल शर्मा, बिष्णु राज रेग्मी, अशिष भण्डारी, सागर न्योपाने, मनिष पाण्डे, खेम राज गिरी ,सुवाष भण्डारी, सरद पाण्डे लगायत हरुको उपस्थिति रहेको थियो! पक्लिहवा स्थित सेमरी गाउमा बस्दै आएका दलित तथा अत्यन्तै गरिब मुसहर जातका बालबालिकाहरु चिसो मौसममा न्यानो कपडा नहुदाँ बिध्यालय जान छाडेका थिए!

प्रतिक्रिया