प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता

प्रधानमन्त्री  र प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको छ । प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई त्रीव्र पार्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताए । उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया