दैलेखमा बढदैछ बहुविवाह

दैलेखमा बढदैछ बहुविवाह

निर्मल अधिकारी
दैलेख, मालिका ८ का अमृत खड्का र अछामकी मनिषा खड्काको भेट आज भन्दा ११ वर्ष अगाडी भारतको दिल्लीमा भयो । मनिषा ४ वर्षको उमेर देखिनै आफ्नो परिवार सँग भारतमा बस्दै आएकी थिईन् । कमाउन भारत गएका अमृत सँगको भेटले उनीहरु एक आपसमा नजिकिदै गए र परिवारको सहमतीमा विवाह वन्धनमा पनि बाधिए ।

मालिका ८ की अमृता खड्का घर बाट निकालिएपछि दैलेख सदरमुकामस्थित सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले हिँसा पिडित महिलाको लागि सञ्चालन गरेको सेल्टरमा १ छोरा र १ छोरी सहित आश्रय लिदै ।
मालिका ८ की अमृता खड्का घर बाट निकालिएपछि दैलेख सदरमुकामस्थित सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले हिँसा पिडित महिलाको लागि सञ्चालन गरेको सेल्टरमा १ छोरा र १ छोरी सहित आश्रय लिदै ।

भारतबाट नेपाल फर्किने निधो गरी आफ्नै गाउमा आएर घरधन्दा शुरु गरे । केही वर्ष सम्म उनीहरुको पारिवारिक जिवन राम्रै सँग बित्यो ।

छिमेकी गाउ बाट अमृतले असारमा अर्काे केटी भगाएर भारत गए पछि मनिषाको जीवनमा कहिल्यै नभएको दुःख आइलाग्यो । ४ महिनाको काखको बच्चा र कक्षा २ मा अध्ययन गर्ने १० वर्षे छोरीलाई बोकेर अहिले न्याय माग्न विभिन्न सरकारी कार्यालयमा धाउन थालेकी छन् ।

विहान बेलुका सासुले गरेको गाली सुन्दा जिन्दगी देखिनै दिग्दार लागेको बताउछिन् मनिषा । उनलाई बाच्न भन्दा मर्न रहर छ । घरमा न खाने गास छ न बस्ने बास मनिषाले दुःख पोखिन् ।

छुट्टिदा भाग लागेको एउटा गह्रा जोतिदिने मान्छे कोही नभएको बताउने मनिषा भन्छिन् सामाजिक परम्परा अनुसार पनि आफुले जोत्न सकिदो रहेनछ् । सासुले तेरो श्रीमान जहाँ छ त्यही जा भनेर गाली गर्ने गरेको उनले बताईन् ।

अछाम कुइकाकी लक्ष्मी तिमेल्सेना वर्ष २६ र सात्तला ९ का गोविन्द खनाल विच ५ वर्ष अगाडी प्रेम विवाह भयो । उनीहरुको ४ वर्षे एउटा छोरी छ । केही वर्ष सम्म मिलेर बसेको जोडी ४ महिना अगाडी गोविन्दले दाङ्ग बाट अर्काे विहे गरी भागे पछि लक्ष्मीलाई जिन्दगी गुजार्न मुश्किल भएको छ । छोरीलाई माइतीघरमा छोडेर आफु सुर्खेत कम्प्यूटर सिक्न लागेको लक्ष्मी बताउछिन् । स्नातक उतिर्ण लक्ष्मी जागीरको लागी विभिन्न संघ संस्थामा पुगेपनि जागिर नपाईएकाले कम्प्युटर सिक्न लागेकी हुन् । उनी भन्छिन् दुःख परेको बेला सहरा गर्ने पनि कोही भेटिदो रहेन्छ । उनी भन्छिन् नत मसँग भएको सर्टिफिकेटले काम पायो नत घर परिवारले सहयोग गरे ।

पिलाडी वडा नं २ का जगत बुढा र अवलपराजुल १ की ललिता बुढा विच १० वर्ष अगाडी प्रेम विवाह भयो । केही वर्ष अगाडी सम्म उनीहरुको पारिवारिक सम्बन्ध राम्रै सँग वितेको थियो । अहिले ५ वर्ष देखि जगत अर्काे विहे गरी भारतमै बस्ने गरेका छन् । उनीहरुका ९ वर्षे छोरी र ५ वर्षे छोरा छ ।

श्रीमानले लगाएको ऋण सहित आफुले तिर्नुपर्ने बाध्यता भएपछि ललिताले विदेश जाने भनेर राहदानी बनाईन् । विदेश जाने महिलालाई हाम्रो समाजमा अझै पनि राम्रो दृष्टिकोणले हेरिदैन् । विदेश कमाउन जाने या नजाने दोधारमै भएकी ललिता भन्छिन् सयकडा तीन प्रतिशतमा ल्याएको ऋण कसरी तिर्ने । छोरा छोरी हुर्किदै गए । पढाउने खर्च छैन् । गाउमा हुने सानो तिनो कमाईले खान समेत नपुग्ने भएको हुँदा विदेश जान खोजेको ललिताले बताईन् । उनी आफै पनि अधिकारकर्मी हुन । उनको प्रत्यक्ष संलग्नतामा करिब एक दर्जन बालविवाह रोकिएका छन् ।

सानो उमेरमै विहे गर्दा सम्बन्ध विच्छेद र वहुविवाहका घटनाहरु बढ्ने गरेको वालविवाह विरुद्धको अभियानमा लागिपरेका हीरासिँह थापाले भने । उनले थपे, अहिले सम्म जति यस्ता घटनाहरु घटेका छन् ती सबै वालविवाहको कारण हुन् ।

प्रतिक्रिया