पत्रपत्रिकाको फ्रन्टपेजः सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी खत्री पक्राउ

पत्रपत्रिकाको फ्रन्टपेजः सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी खत्री पक्राउ

 २४ माघ, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालबाट माघ २१ गते हराएको शिशु भेटिएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकले ‘के हुन्छ स्थानीय तह पुनर्संरचना प्रतिवेदन ?’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यस्तै रामेछापमा मन्दिरभित्र पसेका दलितलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको समाचारलाई पनि स्थान दिएको छ ।

नागरिक दैनिकमा निर्वाचन आयोगले सरकारलाई  जेठ १ र १९ गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेको समाचार महत्वका साथ प्रकाशित छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले मोर्चालाई रिझाउन कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएको समाचारलाई प्राथमिकता दिएको छ । काठमाडौं उपत्यकाबाट टेम्पो र माइक्रोबस हट्ने भएको समाचारले पनि महत्व पाएको छ ।

राजधानी दैनिकले १६ दिनसम्मका लागि संसद स्थगित भएकोलाई मुख्य समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनपछि मात्रै चुनाव गर्न कांग्रेस र मोर्चाबीच सहमति भएको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले हुलाकी राजमार्गमा दश नयाँ शहर बन्ने समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा काठमाडौं हतियार भित्रिरहेको खुलासा भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

अनलाइनवाट साभार गरिएकाेछ ।

प्रतिक्रिया