मधेसी मोर्चाद्वारा प्रमुख निर्वाचन अधिकृत यादवको घरमा ढुंगामुढा

मधेसी मोर्चाद्वारा प्रमुख निर्वाचन अधिकृत यादवको घरमा ढुंगामुढा

Morcha_motorcycle_rally-58bfadbe700451.86557590

सप्तरी: मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन अधिकृत डा.अयोधिप्रसाद यादव र एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुंगामुढा र तोडफोड गरेका छन्।

नाराबाजी र जुलुस गर्दै आएका मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहान १० बजे प्रमुख निर्वाचन अधिकृत डा.अयोधिप्रसाद यादव र प्याकुरेलको घरमा ढुंगामुढा र तोडफोड गरेका हुन्। मोर्चाको ढुंगामुढाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरको सिसा पुटेको छ।

यस्तै मोर्चाका कार्यकर्ताहरुले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा.कामानन्द देवले सञ्चालन गरेको लिटिल फ्लावर सेकेन्डरी स्कुलको सिसा फुटाइदिएका छन् ।

यसैगरी मोर्चाको आक्रोसित भीडले निर्वाचन आयोगको कार्यालय सप्तरीमा पनि तोडफोड गरेका छन् भने महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका सभापति रञ्जु झाको सम्पर्क कार्यालय राजविराजमा पनि तोडफोड गरेका छन्। झाको सम्पर्क कार्यालयमा पसेर तोडफोड गर्नुका साथै केही कागजातहरु नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया