१०७ औं अन्तर्राष्ट्रिय महिला दिवस

१०७ औं अन्तर्राष्ट्रिय महिला दिवस

निर्मल अधिकरी
दैलेख, लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तिकरण जिल्ला संयोजन समितिको आयोजना र जिल्लास्थित १ दर्जन भन्दा बढी सरकारी तथा गैह्रसरकारी संघ÷संस्थाको समन्वयमा “बदलिदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्ममा वरावरी पाईला” भन्ने मुल नाराका साथ आज जिल्ला सदरमुकाममा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।
107 Women Divash (3) 107 Women Divash (2) 107 Women Divash (1)कार्यक्रममा उपस्थित जिल्लास्थित राजनैतिक दल र सरोकारवालाहरुले “महिला सम्मानको आधार ः सिप युक्त हात र स्वरोजगार” सन २०१७ को राष्ट्रिय नारालाई सफल बनाउन राज्यका विभिन्न संरचनाहरुमा महिलाको हक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । एक्काइसौं सताब्दीमा पनि महिलाहरुले समाज तथा घरपरिवार बाट भोगीरहेका विभिन्न हिंसाजन्य क्रियाकलापलाई समुदायको तल्लो तहबाटै निर्मूल गर्न आवश्यक भएको अधिकाँस सहभागी बक्ताहरुको भनाई थियो ।
१९ औं शताब्दीमा महिलाहरुलाई असमान ज्याला र यौन शोषण लगाएतका क्रियाकलाप सामान्य मानिन्थ्यो । समाजमा हुने यस्ता असमान व्यवहारको विरुद्ध सन् १८५७ मा गारमेन्ट फ्याक्ट्रीमा काम गर्ने महिलाहरुले अमेरिकाको न्यूयोर्कमा धर्ना दिई महिला अधिकारको आवाज उठाउन सुरु गरेको शान्ती समिति संयोजक पार्वती विसुन्केले बताईन् । उनले थपिन् उक्त आवाजलाई निरन्तरता दिन सन १९०८ मा अमेरिकामा महिलाहरुले महिलाहरुको मताधिकार, महिलाको राजनैतिक र आर्थिक अधिकारका साथै बाल शोषणका मुद्धालाई थपेर अर्काे ठुलो प्रदर्शनी गरेका थिए । त्यसपछि महिला अधिकारको विषयमा आवाज झन उठ्न थाल्यो र सन १९७५ मार्च ८ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै आएको विसुन्केको भनाई थियो ।
राज्यले महिलाहरुको लागि सबै प्रकारका सेवा सुविधाका साथै कानुनी व्यवस्था गरेको दैलेख क्षेत्र नं १ का माननिय सांसद अम्मर बहादुर थापाले बताए । उनले थपे, पहिला महिलाहरुलाई पढाउनु हुन्न भन्ने मानसकिता थियो । छोरा र छोरी विच असमान व्यवहार गरिन्थ्यो । अहिले छोरा र छोरी विचको विभेद हट्दै गएको छ । गाउ गाउमा विद्यालय खुलेका छन् । त्यसै गरी राज्यका विभिन्न संरचनामा महिलाको सहभागीता बढाइदै छ । यस्ता अवसरहरुमा सबै महिलाको समान पहुँच पुग्नु पर्नेमा सांसद थापाले जोड दिएका थिए ।
उक्त दिवसकै अवसरमा “स्थानीय तहको निर्वाचनमा महिला सहभागीता” विषयक वक्तित्वकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो । ग्रामिण क्षेत्रका सामान्य लेखपढ गर्न जानेका महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले वक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको सह आयोजक सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखकी दुर्गा गिरीले बताईन् । क्रमश ः प्रथम, द्धितिय, तृतिय र सान्त्वनामा अम्मकला विष्ट, मन्धरा मल्ल, लक्ष्मी बोगटी र पवित्रा नेपाली भएका थिए । वक्तित्वकला प्रतियोगितामा सहभागी अधिकाँसले स्थानीय निकाय लगाएत राज्यका अन्य संरचनाहरुमा महिला सहभागीता अनिवार्य हुनुपर्ने बताएका थिए । महिला विकास अधिकृत अनिता ज्ञावलीको अध्यक्षता र माननिय साँसद अम्मर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सोसेक नेपालकी दुर्गा गिरीले सहजीकरण गरेकि थिईन् । बडाखोला, बाँसी, विन्ध्यावासीनी, भैरीकालिकाथु, तोली लगाएतका गाविसमा पनि १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ ।

प्रतिक्रिया