आनन्दबजारमा २० हजार नेपाली उपस्थित, अहिले भारतीय पक्ष पछि हट्यो ।

आनन्दबजारमा २० हजार नेपाली उपस्थित, अहिले भारतीय पक्ष पछि हट्यो ।

gobinda-gauta

हेमन्त न्यौपाने आनन्दबजार,

फाल्गुन २७ कञ्चनपुरको आनन्द बजारमा कल्भर्ट निर्माणमा पटकपटक अवरोध पुर्याएको भारतले विहिवारको झडपमा एसएसबीको गोलि लागि गोविन्द गौतमको मृत्यु भएपछि आज दिनभर आनन्द बजार तनावग्रस्त रहयो । दिनभर ढुंगामुढा भैरहेको आनन्दबजारमा ४ बजेपछि मात्र अवस्था शान्ति बनेको छ । पछिल्लो समय नेपाल प्रहरीलाई प्रतिरक्षामा उत्रिन प्रधानमन्त्रीको आदेश आएको ससस्त्र प्रहरीले बताएको छ । भारतीय एसएसबीले २२ राउन्ड हवाइ फायर र १७ राउन्ड असुरग्यास प्रहार गरेको छ भने नेपाली पक्षबाट २ राउन्ड असुरग्यास प्रहार गरिएको छ । अनुमानित २० हजार जनता उपस्थितिमा ३० जना घाइते भएको स्थानीय गोविन्द शाहीले बताए । विहिवार नै सिमामा झडप भएपछि तीन जना नेपाली महिलालाई भारतीय स्थानीयले कपडा खोलेर नांगो बनाएर पठाएको प्रत्यक्षदर्सी स्थानीय नेता प्रेम बहादुर बस्नेतले बताए । मृतकको शवलाई आक्रोशित जनता झन उग्र हुनसक्ने भन्दै कैलालीमै राखिएको छ । मृतकलाई सरकारले तत्काल राहत स्वरुप १० लाख रुपैया, घरको एक जनालाई रोजगार, बच्चाहरुलाई उच्च शिक्षा सम्म पढाई, आनन्द बजारमा शालिक बनाइने , मृतकको नाममा सहिद स्मारक बन्ने र शवलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी नेपाल सरकारले नै गर्ने मन्त्री परिषदको निर्णय भएको छ । घटना स्थानमा कैलाली र कञ्चनपुरका करिब २० हजार जनसंख्या पुगेका छन । करिब १ हजार भन्दा धेरै मोटरसाइकल पुगेका छन ।

प्रतिक्रिया