एसएसबीको गोलीले सहिद भएका गोविन्द गौतमको शवयात्रा

एसएसबीको गोलीले सहिद भएका गोविन्द गौतमको शवयात्रा

sab_Yatra_Govinda_Gautam

कञ्चनपुर : कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागि मृत्यु भएका गोविन्द गौतमको शवयात्रा सुरु भएको छ ।

राष्ट्रिय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने बताइएको भए पनि शवयात्रामा कुनै पार्टीका शीर्ष नेता सहभागी भएका छैनन् । कैलालीको सेती अञ्चल अस्पतालबाट दिउँसो एक बजे शवयात्रा सुरु गरिएको हो । गौतमको कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गर्ने तयारीे छ ।

बिहान ८ बजे नै शवयात्रा सुरु गर्ने बताइएको भएपनि आवश्यक तयारी नभएका कारण दिउँसो मात्रै शवयात्रा सुरु भएको हो । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भनिए पनि सोही अनुसार कुनै तयारी नगरेको भन्दै स्थानीय युवाहरु आक्रोशित भएका छन् । आक्रोशित युवाले कैलाली बजार बन्द गराउँनुका साथै तोडफोड समेत गरेका छन्।

विरोधपछि स्थानीय प्रशासनले गाडीलगायत राष्ट्रिय सम्मानका लागि आवश्यक तयारी गरी शवयात्रा सुरु गरेको हो । शवयात्रामा हजारौंको सङ्ख्यामा स्थानीयहरु सहभागी भएका छन् । होलीका सबै कार्यक्रम स्थगीत गरी स्थानीय शवयात्रामा सहभागी भएका हुन । कार्यक्रममा सशस्त्र र जनपद दुवै प्रहरीका डिएसपीको उपस्थिति रहेको छ । गौतमलाई ११ जना प्रहरीले सलामी दिने तयारी गरिएको छ।

प्रतिक्रिया