बालविवाह रोकथाम अन्तरक्रिया

बालविवाह रोकथाम अन्तरक्रिया

दैलेख, चैत २ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार प्रवद्र्धनमा सरकारका निकायहरु जिम्मेवार हुनुपर्ने बताएकी छिन् ।
महिला तथा बालबालिका कार्यालय दैलेख र मानवअधिकार निगरानी समूह लाँकुरीको आयोजनामा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीमा आज आयोजित बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयक अन्तरक्रियामा उनले सो विचार व्यक्त गर्नुभएको हो ।
फोकल पर्सन मल्लले गैरसरकारी क्षेत्र वा नागरिक समाजले सहयोगीको भूमिका मात्र हुने बताइन् । उनले बालविवाह सामाजिक समस्या भएकाले समुदायको अग्रसरता जरुरी हुने औल्याइन् ।
Bihebari 20 Barsa pari Lakuri (2) Bihebari 20 Barsa pari Lakuri (1)कार्यक्रममा जनकल्याण मावि सेर्माकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र बिकले बालविवाहले पार्ने आर्थिक, सामाजिक हानी नोक्सानीका बारे अझै जनचेतना आवश्यक रहेको प्रष्ट्याए ।
जिल्ला स्तरीय मानवअधिकार निगरानी समूह दैलेखका संयोजक पत्रकार ज्योती कटुवालले समाज हुने अन्याय अत्याचारका विषयमा खुलेर बोल्न सके पीडितलाई न्याय दिलाउन सहज हुने तर्क राखे ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बालसंरक्षण निरीक्षक गोविन्द खत्री, नेपाली काँग्रेसका पदम बुढा, एमालेका रुद्रबहादुर बिष्टले बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा विचार राखेका थिए ।
मानवअधिकार निगरानी समूह लाँकुरीका संयोजक शेरबहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीका प्रतिनिधि नेत्रबहादुर बुढा, लाँकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण बिष्ट, शिक्षक तप्तबहादुर खत्री, विद्यार्थी प्रतिनिधिहरु सागर बिष्ट र लक्ष्मी खत्रीले बोलेका थिए ।
त्यसबखत लाँकुरीमा बालविवाह कुनै पनि बाहनामा स्वीकार्य नहुने र बालविवाह रोकथाममा जुट्ने स्थानीय राजनीतिक दल, सरकारी निकाय, सामाजिक अगुवा तथा नागरिक समाजहरुले सामुहिक लिखित प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया