गर्मीयाममा डढेलो रोक्न सचेतना

गर्मीयाममा डढेलो रोक्न सचेतना

दैलेख, चैत्र फागुन १५ – गर्मी मौसमसंगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा खोला संकलनमा पुराउनुपर्ने ध्यानका बारेमा सचेतना कार्यक्रम दैलेखका दुई वटा ईलाकामा गरिएको छ । वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुलाई सचेतना कार्यक्रम गरिएको हो । dadhelo program news
डढेलो नियन्त्रण तथा खोटो संकलन सम्वन्धी गरिएको संचेतना कार्यक्रम तिलेपाटा ईलाका वन कार्यालय अन्र्तगत राकम र लकान्द्र अन्र्तगत रामघाटमा गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले वन समितिका उपभोक्ताहरुलाई खोटो संकलन गर्दा ध्यानदिनुपर्ने कुरा र वन डढेलोबाट बचाउने उपायबारे प्रष्ट पारेका थिए । सचेतना कार्यक्रम जिल्ला वन कार्यालयको समन्वयमा स्वस्तिक रोजिन एण्ड टर्पेन्टाईन ई. प्रा.ली.को आयोजनामा भएको थियो । दुवै ईलाकामा पर्ने ४१ सामुदायिक वन उपभोक्ता समितिबाट सचेतना कार्यक्रममा आएका थिए । नियमअनुसार खोटो संकलन तथा वन संरक्षण गर्नुपर्नेमा जिल्ला वन अधिकृत श्रेष्ठले जोड दिएका थिए ।
सचेतना कार्यक्रमले डढेलो नियन्त्रण तथा खोटो संकलनमा सहयोग पुग्ने सहायक वन अधिकृत गंगाराम महत्तोले बताए । स्थानीयहरुले वनलाई संरक्षण गरेमा मात्र गाँउ टोल समाज समृद्ध हुने महत्तोले कार्यक्रममा बताए । गर्मी मौसम लागेकाले डढेलोबाट हुनसक्ने क्षतीका बारेमा सचेत हुनुपर्ने सहायक वन अधिकृत महत्तोले बताए । कम्पनीका कर्मचारीलाई खोटो संकलन कार्यनिर्देशिका २०६४ अनुसार काम गर्नका निर्देशन प्रालीका जिल्ला निरिक्षक बावुराम पराजुलीले दिएका थिए । खोटो संकलनले सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताहरुलाई रोजगारीले आयआर्जनमा स्तर वृद्धि भैरहेको छ । प्रा.ली.का जिल्ला निरिक्षक बावुराम पराजुलीले भने, वन जोगाए, सवैलाई समुहिक रुपमा फाईदा हुनेछ । अव गर्मी मौसममा डढेलो लाग्ने भएकाले सवै सचेत हुन जरुरी छ ।

प्रतिक्रिया